प्रज्वल पहाडी
प्यूठान, १६ भदौ । प्यूठान नगरपालिकाले उत्कृष्ट स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ ।
आर्थिक वर्ष ०७७/०७८ मा उत्कृष्ट कार्य गरेकाे एउटा स्वास्थ्य संस्था र तीन जना स्वास्थ्यकर्मीलाई सम्मान गरेकाे हो ।
स्वास्थ्य शाखाकाे बार्षिक समिक्षाकाे अवसरमा सापडाडा स्वास्थ्य चौकीलाई सम्मान गरिएको छ । यस्तै सापडाडा स्वास्थ्य चौकीमा कार्यरतअहेव सर्मिला रायमाझि, जुम्रिकाडा स्वास्थ्य चौकीमा कर्यरत अनमि लिलाकुमारि चन्द र मरन्ठाना स्वास्थ्य चौकिमा कार्यरत अनमी चन्द्रकला केसिलाई उत्कृष्ट कार्य गरेवापत सम्मान गरिएकाे छ ।
स्वास्थ्य सुचककाे आधारमा स्वास्थ्य चाैकि छनाैट र कार्य सम्पादनकाे आधारमा उत्कृष्ठ कर्मचारि छनाैट गरेकाे नगरपालिका स्वास्थ्य शाखा प्रमुख गाेविन्दराज घिमिरेले बताउनुभयो । “याे वर्ष देखि सम्मान कार्यक्रम सुरुवात गरेका हाैं,” उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मिमा हाैसला मिलि स्वास्थ्य सेवामा गुणस्तर हुन यसले सहयाेग गर्नेछ ।”
दुईदिने समीक्षा कार्यक्रमकाे समापन तथा सम्मान कार्यक्रममा बाेल्दै नगर प्रमुख अर्जुन कुमार कक्षपतिले नागरिकलाई गुणस्तरि स्वास्थ्य सेवा पुराउन स्वास्थ्यकर्मिलाई निर्देशन दिनुभयो । “हामीले नीति तथा कार्यक्रममै स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढायका छाै ,” उहाँले भन्नुभयो, “नगरकाे स्वास्थ्य निति समेत निर्माणाधिन रहेकाे छ । यसलाई पुर्णता दिन्छौं ।”
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत थानेश्वर भण्डारिले नगरपालिका प्रतिकाे सकारात्मक धारणा निर्माणमा समेत कर्मचारिकाे महत्वपुर्ण भुमिका हुने बताउदै नागरिक मैत्रि सेवा प्रवाहलाई जाेड दिन अाग्रह गर्नुभयो ।
यस्तै स्वास्थ्य कार्यालयका काेल्डचेन अधिकृत काैशलराज बैद्धले सेवा संगै रेकर्ड र रिपाेटलाई समेत ध्यानदिन अाग्रह गर्नुभयो । स्वास्थ्य सुचककाे अाधारमा गत वर्ष जिल्ला प्रथम स्थान हासिल गर्न सफल रहेकाे स्मरण गराउदै उहाले कतिपय सुचकहरु अझै सुधार गर्नु पर्ने अाैल्याउनुभयो ।
समीक्षामा नगरपालिका भित्र रहेका १२ वटा स्वास्थ्य संस्थाहरुकाे बार्षिक प्रगति बिबरणका विषयमा छलफल गरिएकाे छ ।
दुईदिनसम्म संचालन भएकाे समीक्षामा स्वास्थ्य कार्यालय, नगरपालिका स्वास्थ्य शाखा संगै स्वास्थ्य क्षेत्रमा कार्यरत सुआहारा कार्यक्रम बिएमएनटि र मेरिस्टाेप सेन्टरले बिषयगत क्षेत्रमा सहजिकरण तथा प्रस्तुतिकरण राखेका थिए ।
