गजल !

सुरेश कुमार पाण्डे

निर्धन हुँनुनै गरिब लाई जहर भयो,
पुँजि पतिहरुको नै गाउँ नगर भयो ।

युवाहरु मर्दैछन बिदेशको बोडरमा,
देशभित्र सरकार सदै बेखबर भयो ।

जो सदियौँ लडि रह्यो देशको लागि
त्यही आफ्नै जहानसँग बेघर भयो ।

पुँजिकै लागि मार-काट भाई भाईमै,
पुँजिवादी ब्यबस्था ठुलो गदर भयो ।

कोरोना भन्दा ठुलो रोग गरिबी हुँदा,
कुनदेशमा जान्छ प्राण के भर भयो ।

छोरा जान्छ मुङ्गलान काम तलासन,
चिन्ता मात्र आमा लाई आफर भयो ।

सदैभरी दिशभित्र लडाई चलिरहन्छ,
सदै कष्ट झेल्ने हाम्रै यो खप्पर भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *