> साहित्य सृजना > कोरना V/S मानव मुक्तक दोहोरी


कोरना V/S मानव मुक्तक दोहोरी

लक्ष्मी मगर सङ्घर्ष

दुनियाको आशु झार्न कहाबाट आयौ तिमी
संसार नै सखाप पार्न कहाबाट आयौ तिमी
कोहि रोगले त कोहि भोक र शोकले मरिरहे
ए कोरना मान्छे मार्न कहाबाट आयौ तिमी
मानव

मान्छे नै मान्छेको सासबाट निस्किएको हु
रातदिन देखिने त्यै लासबाट निस्किएको हु
यहि संसारमा रहन मन लागेर मलाई पनि
धर्तिमुनि माथि आकाशबाट निस्किएको हु
कोरना

जताततै आफुमात्र गर्न रजाई किन आयौ
भगवानकोनि आत्मा भत्काई किन आयौ
तिम्रो कारण यहाँ न भोक छ न त निद्रा नै
तिमी यहाँ मान्छे सताउनलाई किन आयौ
मानव

घुडा देखिने कपडा लगाएको देखेर आए
नारीलाई देख्नै नभै समाएको देखेर आए
गल्ति गर्नेलाई सजाय दिनुको साटो उल्टै
धनपैसाको आडमा बचाएको देखेर आए
कोरोना

जनता माथि यति धेरै अन्याय केका लागि
भेटघाट नै नहुने हाम्रो समुदाय केका लागि
हामी सोझासाझा जनताको के नै दोष छ र
हामिलाई नै यतिका धेरै सजाय केका लागि
मानव

गल्ति गरे ता पनि मन उदास देखिन मैले
अन्याय गर्नेलाई नि पर्दाफास देखिन मैले
सत्य बोल्न छाडे सबथोक भुलिसके सबै
कसैप्रति कसैको नि बिस्वास देखिन मैले
कोरना

एकअर्का माथि हामी भर परेकै त छौ नि
दु:ख पर्दा सबैजना अघि सरेकै त छौ नि
आफु आएर काम समेट गर्नै दिएनौ यहाँ
सबैले आ-आफ्नो काम गरेकै त छौ नि
मानव

आफुले सक्दै नसक्ने मात्र कुरा गर्छौ
जे काम गर्छौ सबै काम अधुरा गर्छौ
देश दुबेको र थाहै छैन संसार दुबेको
केबल आफ्नो स्वार्थ मात्र पूरा गर्छौ
कोरना

आफ्नो भन्दा अरुको केही गर्छौ अब
दु:ख पर्दा हामी सबै मिली तर्छौ अब
एकचोटि त सुध्रिने मौका देउ कोरना
सत्य बोली तिम्रो शरणमा पर्छौ अब
मानव

आफ्नो काम म यहि थाति राखि दिए
बस्दैन अब यस धर्तिमा हेर भागि दिए
राम्रो काम गर्दै जाउ निस्वार्थि भई अब
एकचोटिलाई शरणमा पर्यौ माफि दिए
कोरना

Leave a Reply

Your email address will not be published. Required fields are marked *