> विचार > कम्युनिष्ट सरकार महामारी नियन्त्रणमा लाग्नुपर्छ


कम्युनिष्ट सरकार महामारी नियन्त्रणमा लाग्नुपर्छ

सरद बिष्ट

देश अहिले कठिन अवस्थाबाट गुज्रिरहेको छ । सबै नागरिक समुदायलाई थाहा भएकै कुरा हो । सरकारको जतानतै धेरै आलोचना भइरहेको छ । यसो हुनु पक्कै पनि राम्रो कुरो होइन् । सरकार अब गंम्भिर ढङ्गले प्रस्तुत हुन जरुरी छ । बलियो कम्युनिष्ट सरकार भएर मात्र हुदैन् । जन्ताको मन, भावना,विचार र चिन्तन जित्नु सबैभन्दा ठुलो कुरा हो । सरकारले नयाँ सिर्जनात्मक र रचनात्मक कार्य देखाउनु पर्छ । जन्ताले दिएको जनादेशलाई आत्मसाथ गरेर अब अगाडी बढ्नुपर्ने समय आएको छ । ख्याल गर्दा गर्दै यो सरकारको आयु पनि सकिदै छ । जन्ताले गालि गरिरहेका छन् । प्रश्न गरिरहेका छन् । कहिले बन्छ नयाँ नेपाल? कहिले बन्छ समृद्ध देश ? बारम्वार जन्ता यही प्रश्नको उत्तर चाहान्छन् ।

अहिले सरकारको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष खड्ग प्रसाद शर्मा (के.पी शर्मा वली) ओलिले नेतृत्व गरिरहनु भएको छ । नेपालको राजनैतिक केन्द्रविन्दुमा कहिले जंग बहादुर राणा, कहिले पृथ्वी नारायण शाह, कहिले बि.पी. कोईराला, कहिले महेन्द्र विक्रम शाह र कहिले गिरिजा प्रसाद कोईरालाको एक समय राज नै चल्यो ।
हाल,के.पी. शर्मा वली संघीय सरकारका प्रधानमन्त्री हुन् । वलीको नेतृत्वमा रहेको नेकपासँग ५६ दशमलब ६ प्रतिशत जनमत छ । राज्यका तीनै तह संघ, प्रदेश र स्थानियमा गरि नेकपाका २० हजार ४ सय ४१ जना जनप्रतिनिधि रहेका छन् । तैपनि नेपाली जन्ताहरुले कम्युनिष्ट सरकारको बदनाम गरिरहेका छन् ।

सम्भवत् नेपालकै इतिहासमा नेकपा एमाले र प्रचण्ड माओवादी एकिकरण भएसँगै पहिलो पटक नेपालको बलियो सरकार बनेको यो नै पहिलो हुनसक्छ । दुबै पार्टीको एकीकरणसँगै संघीय संसदका ३ सय ३४ सिटमध्य नेकपाको पक्षमा २ सय १७ स्थान कायम भएको छ । जुन, ६४.९६ प्रतिशत हो । संघीय संसद अन्र्तगतको प्रतिनिधि सभातर्फका २ सय ७५ सिटमध्य १ सय ७४ र राष्ट्रिय सभातर्फका ५९ मध्य ४३ सिटमा नेकपाको वर्चश्व छ । अझै नामाकरण नगरिएको २ नं प्रदेश बाहेक अन्य सबै प्रदेशमा नेकपाको जीत छ र प्रतिनिधित्व पनि छ । ५ सय ५० प्रदेश सांसदमा यो पाटीको ३ सय ५१ जना एमालेबाट २ सय ४३ र तत्कालिन माओवादी केन्द्रका १ सय ८ छन् । मुलुकमा ७ सय ५३ स्थानीय तहमध्य ४०० तहमा नेकपाको नेतृत्व छ ।

यो पार्टीका प्रधानमन्त्री लगात राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र एउटा प्रदेश वाहेक सबैमा मुख्यमन्त्री र मन्त्रीहरु छन् । तर पनि जन्ताका समस्याहरु यथावत नै छन् । गरिवका सपनाहरु पुरा हुन वाकी नै छ । कम्युनिष्ट सरकारलाई जनजिबिका सँग जोडेर हेर्ने हो भने महङ्गी यसरी आकासिएको छ कि सर्वसाधारणलाई बाँच्न गाहो भएको छ । बिहान,बेलुका के खाने हो ? छाक टार्न समेत गाहृो भएको छ । छोरा छोरीलाई उच्च शिक्षा त के ? सामान्य आधारभूत शिक्षाको व्यवस्थापन गर्न समेत ठुलै चुनौति देखिएका छ । जब कुनैपनि देशमा बालबालिका नै अशिक्षित हुन्छन भने कसरी बन्छ नयाँ नेपाल ? यो सबै नेपालीको साझाँ आबाज र प्रश्न पनि हो ।

सामान्यता कम्युनिष्ट पार्टी संसारमा गरी खाने बर्गको पार्टीको रुपमा चिनिन्छ । नेपालमा पनि कम्युनिष्ट शासन भएकाले काम गरेर खाने वातावरण सृजना गरिदिनुपर्दछ सरकारले । तर यसो हुन सकिरहेको छैन् । सरकार कसरी टिकाउने र कसरी ढलाउने भन्ने अंक गणितिय राजनैतिक फोहोरी खेलले गर्दा नेपालको राजनैतिक भविष्य सोचे जस्तो पक्कै छैन ।

यतिवेला– “समृद्ध नेपाल सुखी नेपाली” को फाईल पनि कुनै एक कुनामा थन्किएको होला । कोभिड–१९ ले बिश्व समुदायलाई नै आक्रान्त बनाएको छ । हाम्रो जस्तो विकासोन्मुख राष्ट्रले त झन अर्थतन्त्रमा ठुलो मार खाएको छ । सारा बिकाशको योजनाहरु चौपट छन् । गएको चैतदेखि हालको महिना कार्तिक लाग्दासम्म पनि जीबन सरल र सहज भएको छैन् । शैक्षिक संस्था , औधौगिक कलकारखाना नियमित रुपमा सञ्चालनमा छैनन । पैसा कमाउन विदेशिएको ठूलो जमात पनि अहिले गाँउमा वरालिएका छन् । कोभिड–१९ का विरामीहरु दिनका दिन हजारौंको संख्यामा थपिदै छन् । मर्नेहरुको संख्या दिनमा सरदर झण्डै २० जनाको हारहारीमा छ । ठुला अस्पतालहरुमा बेडको अभाब छ, भेन्टिलेटर छैन, अक्सिजन छैन््, आई.सि.यु. को कमि छ । गाँउघरमा पनि “वनको डढेलो” झै काोरानो फैलिदै छ । मान्छेहरु छटपटिएका छन्, आत्तिएका छन् । त्यतातिर सरकारको गम्भिर चासो छैन् । सांसदहरुलाई पनि सरकारको तलब कसरी हसुर्ने ?, घरघाडा , पानी तथा बिजुली, टेलिफोन, इन्टरनेट, पत्रिका र पिए खर्च कसरी निकासा गर्ने ?, बैठकभत्ता, औषधी खर्च लगाएत अन्य बिल भर्पाई कसरी मिलाउने भन्ने धुनमा व्यस्थ छन् । हुनतः सामाजिक संजामा चौतर्फी विरोध भएपछि संघिय संसदका सांसदहरुले यस वर्षको दशै खर्च कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गराउनेमा आफनो निराश सहमती जनाएका छन् । तरपनि सरकार, सांसद नेता र जनप्रतिनिधिहरु वेला–वेला विरोधमा आईरहनु पक्कै पनि राम्रो कार्य होइन् ।

समय घर्किसकेको छ । नेकपा सरकारको ५ वर्षे कार्यकाल पनि सकिदै छ । दिनहरु सुखद् वा दुखद् के कस्ता रहे ? जन्ताहरुले अवश्य सुक्ष्म तरिकाले मुल्याङ्कन गरिरहेका होलान् । भनिन्छ, “एक दिन बाँचे लाखौ तारा देख्न पाईन्छ ।” त्यसैले यो सरकारसँग अझै पनि एक डेढ वर्ष समय छ । स्पष्ट कार्ययोजना बनाई सरकारले गर्नै पर्ने पहिलो काम के हो त्यसलाई प्राथमिकतामा राखेर अगाडी बढ्दै जाने हो भने जन्ताको मन जीत्न के नै बेर लाग्छ र ? आम नेपालीको मन जित्न सक्यो भने अर्को चुनावमा नेकपाको सरकारले फेरि पनि बाजी नमार्ला भन्न सकिदैन । फेरि अहिलेको परिस्थिति भनेको बाजी जित्ने र हार्ने बिषय पनि होईन् । मलाई लाग्छ कम्युनिष्ट सरकार विलम्ब नगरि महामारी नियन्त्रणमा थप सशक्क्त ढङ्गले लाग्नु नै पर्दछ । (लेखक विष्ट लोक चेतना एकेडेमी बिद्यालयको माध्यमिक तहमा सामाजिक÷अंगेजी बिषयका शिक्षक हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *