> विचार > कोरोनासँग त्रसित होइन सजकता अपनाऔं


कोरोनासँग त्रसित होइन सजकता अपनाऔं

प्यूठान, २७ चैत्र ।
प्यूठानमा २ जनाको स्वाव परीक्षण गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशाला लागि पठाईएको छ । दुवै जनालाई प्यूठान अस्पतालको आईसोलेसनमा राखिएको छ ।

मल्लरानी गाउँपालिका ४ को एक परिवार चैत्र ८ गते भारतबाट आएका थिए । परिवारका सवै सदस्यहरु विरामी परेपछि २ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र खलंगाले कोरोना संक्रमणको शंकामा आईसोलेसन वेडमा सिफारिस गरेको हो ।

विरामी सिफारिस गर्ने प्राथमिक स्वास्थ्य केन्द्र खलंगाका प्रमुख डा.शान्तबहादुर रोकामगर सावधानि अपनाउन सके सक्रमणबाट बच्न सकिने बताउनुहुन्छ । आज हामीले स्वास्थ्य केन्द्रका केहि तस्विरहरु र कोरोना संक्रमण पछि सृजना भएको अवस्था, स्वास्थ्य केन्द्रबाट प्रवाह गर्ने सेवा, कोरोना भाईरस बारेको बुझाई र आउने विरामीको अवस्था लगायतका बारेमा उहाँको अनुभव लिएका छौं ।

नाम दर्ता गर्दै सेवाग्राही

प्रस्तुत छ, डा.रोकामगरको अनुभव उहाँकै शब्दमा ः
मानिसहरु त्रसित छन् । सहि सूचना नपाउँदा ‘बनको बाघले खाओस् नखाओस्, मनको बाघले खायो’ जस्तो भएको छ । सामाजिक सञ्जालहरुले झनै तनाव थपेको छ, किनभने सामाजिक संजालमा आउने सवै सूचनाहरु आधिकारिक नहुन सक्छन् । आधिकारिक वेव साईटहरु बारे थाहा नहुँदा कोरोना संक्रमण लाग्ने वित्तिकै मरिन्छ भन्ने सोँचले पनि त्रास भएको छ । त्यसैले आधिकार वेवसाईटहरुबाट जानकारी लिने गर्नुपर्दछ ।

दुई जनालाई जिल्ला अस्पताल र एक जनालाई कोरोना विशेष अस्पताल पठाएका छौं । पठाउँदा निक्कै समस्या भोग्नु प¥यो । स्वास्थ्यकर्मी पनि नजिक जान नमान्ने,

डा.शान्त बहादुर रोकामगर

हामीसँग पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) थोरै छ । भेन्टिलेटर छैन । भएको पिपिई इमरजेन्सीका लागि राखेका छौं ।

यसको संक्रमणबाट बच्न सजिला उपायहरु छन् । त्यसलाई बानीमा परिणात गर्नुपर्दछ । फिजिकल डिष्टेन्स (भौतिक रुपमा टाढा रहने) कायम गर्ने, सरसफाईमा ध्यान दिने, खोक्दा कुहिनोले छेक्ने गर्नुपर्दछ ।

माक्सको उचित प्रयोग गर्नुपर्दछ । एन ९५ भन्दैमा बजार हिडँेर हुँदैन । हामीले पनि प्रयोग गर्ने गरेका छैनौं । बजारमा देखिन्छ, हामीले पाउन सकेका छैनौं । जो विरामी छ, रुघाखोकी लागेको छ, उसले लगाउने हो । कोभिड १९ को संक्रमितको हेरचाह गर्नेले, स्वास्थ्यकर्मी जो संक्रमितको प्रत्यक्ष उपचारमा संलग्न हुन्छ उसले माक्सको प्रयोग गर्ने हो । भिडभाडमा जाँदा लगाउने हो । घरमा बस्नेले लगाएर कामै छैन । क्वारेन्टाईनमा बसेकाले भने घरमै बस्दा पनि प्रयोग गर्ने ।

प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलेकै जस्तै दैनिक ५० को एभरेजमा विरामी आईरहेका छन् । तर स्वाव परीक्षणका लागि सिफारिस गरेपछि विरामी आउने दर अलि घटेको छ । प्रेसर, सुगर जस्ता दिर्घरोगीहरु जसले नियमित औषधी सेवन गर्नुहुन्छ उहाँहरुको लागि जो आए पनि औषधी दिने गरेका छौं । प्रिष्कृप्सन र विमा कार्ड साथमा लिएर आउनुपर्छ ।

सम्भावित संक्रमित चेकजाँच गर्न स्वास्थ्य केन्द्र परिसरमा स्थापना गरिएको छुट्टै अस्थायी कक्ष

अहिले थोरै ज्वरो रुघाखोकी लाग्ने वित्तिकै स्वास्थ्य केन्द्र आउने गरेका छन् । अरु कसैसँग सम्पर्क गरेको वा यात्रा गरेको कुनै पृष्ठभुमि नहुँदा पनि शंकाको भरमा आउने गरेका छन् । मौषम परिवर्तनको समय छ । सामान्य रुघाखोकी र हल्का ज्वरो आउन सक्छ । तर, यहि ठाउँमा कोरोना लाग्यो भने धेरै ज्वरो आउने, स्वासप्रस्वासमा समस्या हुने हुन्छ ।

स्वास्थ्यकर्मीको सुरक्षाका लागि स्थानीय स्तरमै पिपिई तयार गरेका छौं । थर्मल गन पाईएको छैन । सम्भावित संक्रमितको उपचारका लागि ‘फिवर क्लिनीक’ छुट्टै बनाएका छौं । मुख्य समस्या पिपिई नै हो ।

मल्लरानी गाउँपालिका–४ का ६ जनाको परिवार चैत्र ८ गते पन्जाव(भारतको)बाट नेपाल आएका हुन् । जेठो छोरीलाई रुघाखोकी लागेकोले स्वास्थ्य केन्द्र आएका थिए । सामान्य प्mलु भनि सामान्य उपचार गरि पठायौं । अर्काे दिन वुवा विरामी भएर मेडिकलमा उपचार गराएको कुरा सुन्यौं । फोन गरेर सोध्यौं । ज्वरो आएको भन्ने थाहा भएपछि गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पारस शाही घरमै पुगेर भोलि स्वास्थ्य केन्द्र आउनु र होम क्वारेन्टाईनमा बस्नु भन्नुभयो । अर्काे दिन उनी आएनन् । अवस्था बुझ्दा श्रीमती र छोरालाई पनि ज्वरो आएको बुझियो । विरामीलाई प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएर जाँच गरियो । १० महिनाको छोरीले हल्का सिगान छोड्ने गरेको पनि बुझियो । सवै विरामी भएपछि आईसोलेसन वेडमा राख्नका लागि जिल्ला अस्पताल पठायौं । स्वाव लिएर परीक्षणका लागि पठाएको सूचना पाएका छौं ।

सबै भन्दा राम्रो कोरोनाबाट कसरी बच्न सकिन्छ भन्ने बारे सबैले बुझ्नु जरुरी छ ।

  • साबुन पानीले नियमित हात धुने । (२० सेकेन्ड भन्दा बढि)
  • भिडभाडमा जाँदा वा घरमा बस्दा पनि दुरी कायम गर्ने । (१ मिटर वा ३ फिट)
  • आछ्यु गर्दा टिष्यु पेपर वा कुहिनोले छेकेर गर्ने ।
  • माछा मासु राम्रोसँग पकाएर मात्र खाने

साधारण यात्रा गरेको मान्छेसँग भेटेका छौं र रुघाखोकी र ज्वरो बढ्दै गयो भने स्वास्थ्य संस्थामा पहिले फोन गर्ने अनि मात्र स्वास्थ्य संस्थामा जाने गर्नुपर्छ । कोरोनाबाट त्रसित नभई सजकता अपनाउनु पर्छ । कोरोनाबाट बच्न सकिन्छ ।’

विरामहरुलाई परामर्श गर्दै स्वास्थ्य केन्द्रमा कार्यरत डा.विक्रम थापा

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *