> साहित्य सृजना > लघु कथा : जुवा !


लघु कथा : जुवा !

सुरेशकुमार पाण्डे

के भाको छ र इन्लाई ? आनन्दले कम्बल कारखानाको लेबेर सँग सोध्छन । खै बेथा लगेको जस्तो छ हिँजो देखि बिमारी छन ! कार्खानामा काम गर्ने एउटा कर्मचारीले भन्छ । वास्तबमा के भएको हो पक्का हामिलाई पनि जानकारी छैन ! उन्को लोग्नेपनि देख्दैन कता गएछन उस्ले थप्छ ।

क्वाटर कम्पनिको गेटको नजिकै छ बिना दैलाको बोरीको पर्दा बनाएर लगाएका थिए। भित्र महिला फत्र्या-फत्र्या गर्दै ठँस-ठसँ कनेको र स्विई स्विइ गरेकोले उनि अलि बडिनै बिमार भयको भान हुँन्थ्यो । धेरै बिसञ्च छ हजूरलाई ? आनन्दले त्यो बोरीको पर्दा हटाउँदै सोध्छ । खै कुन्नि हिँजो बाट पेट दुखेको छ ! रीमाले बल्ल बल्ल भन्छिन । अनि रामु दाई कता जानु भएकोछ त ?आनन्दले बुझ्न खोज्छ । हिँजो बिहानै माडलटाउँन तिर जान्छु भनेर जानु भएको हो खै म मरेपछि फर्किनु हुँन्छ कि ! उनि भाबुक हुँन्छिन उन्को आँखाबाट आँसु बर्षिन्छ । भयो नरुनुस हजूरलाई सञ्च छैन म डाक्टरकोमा लैजाउँला ! आनन्दले उन्लाई सम्झाउँछ ।

जानु हुँन्छ डाक्टरकोमा ? उस्ले सोध्छ । रीमा केहि बोल्दिन । यो एउटा कम्बल बनाउँने कारखाना हो जँहा रामुले बर्षदिन देखि चौकिदारी गर्थे । आनन्द पहिले एक पटक चन्दा काट्न आएको थियो र त्यो बेला यँहा अलि धेरै नेपाली कामदार हरु थिए । उनिहरुलाई जुटाएर यहि रामुको क्वाटरमा कलास बसेको थियो । त्यसकारणले आनन्दलाई यँहा सबैले चिनेका थिए । सञ्योगबस आजपनि आनन्द नगर सम्मेलनको चन्दा र अपिल बोकेर आएको थियो । साथै एक जना स्वदेश जान थालेकाले घरमा पैसा पठाउँन भनी लिएको त्यो पनि पन्द्र सए खल्तीमै थियो ।

प्रधान जी यो बैनीलाई लैजाउ डाक्टर कँहा बिचारी हिँजो देखि बिमारछ यो । त्यँहा कामगर्ने एउटा बिहारीईले भन्छ । यहि बेला त हो समाज काम लाग्ने लिएर अस्पत्ताल जाउ धर्म लाग्छ भनेर आर्कोले भन्छ । रामुको कुनै अत्तो पत्तो पनि छैन, त्यतिकै छोड्दा अबस्था अलि नाजुकनै थियो । त्यँहा काम गर्ने बिहारीको छोरीलाई सँगै लिएर एउटा रिक्सामा रीमालाई बसालेर “पुष्पा नर्सिंग होम” लिएर जान्छ । त्यो महिलाहरुको डिलेवरी गराउँने भरपर्दो ठाउँ हो त्यो बेलाको । को हो यो तिम्रो ? तिमिहरुलाई थोरैपनि चिन्ता छैन यो महिलालाई तिन दिन देखि प्रसब पिडा भयको रैछ अनि हष्पिटल किन ल्याएनौँ ? भन्दै डाक्टर जर्किन्छीन । हामि लाई थाहा भयन यो हाम्रो अलि टाडाको बैना हुँन भन्दै आनन्दले सम्झाउँछ । अनि यस्को लोग्ने काँछ त ? उस्ले सोध्छे । उनि कामले बाहिर गएका रैछन ! आनन्दले भन्छ । उस्ले फटाफट वार्डमा लिएर आफ्नो कार्य सुरु गर्छे केहि बेर पछि नै रिमाले एउटा सुन्दर छोरा जन्माउँछिन ।

उनको यो पहिलो बच्चा थियो। दिउसो तिर-तिमिहरुले लान चाहे लान सक्छौ बच्चा बिल्कुल ठिकछन । भन्दै डाक्टरनिले बिल थमाई दिन्छिन त्यतीबेला पनि साडे चार सौ रुपिया त्यँहि दिनु पर्ये । बिलको पैमेन्ट गरेर उन्लाई लिएर क्वाटरमा पुग्छ । डाक्टरनी ले हल्का खाना मुङ को दाल र रोटी दिनु भनेकि छिन तर घरमा रित्ता डिब्बा बाहेक केहिछैन । आनन्दले उन्लाई घर छोडेर प्रचुनको दोकानमा जान्छ र पाँच किलो आटा, एक किलो दाल, एक लिटर तोरीको तेल लिएर एउटा दुधको पोका लिएर जान्छ । रीमाले दुई दिनबाट केहि नखाएको बताईन । बिहारी को छोरी लाई रोटी बनाएर खान भन्छ र आनन्द स्कुटर लिएर माडलटाउँन तिर लाग्छ ।

साँज झमक्कै परेको थियो । रामुलाई खोज्न हिँड्छ । आनन्दलाई उनिहरुको अड्डा पनि थाहाथियो जँहा बसेर उनिहरु तास खेल्छन । बाहिर बाट दरबाजा खट-खट पार्छ । अनि आवाज बदल्दै खोल त दर्वाजा मलाई पनि मिसाओ एक्छिन भन्दै आवाज लगाउँछ।खोल्दे उपनि खेल्नै आएको हो ! एउटाले आर्कालाई भन्छ एकछिन पछि दैलो खुल्छ । त्यँहा रक्सिको बोतल अनि जुवा खुबै चलेको थियो दैलो खुल्दा बित्तिकै रामु भाईर आईज ! भनेर आनन्द रिसले थर्किन्छ। के म मात्रै खेलेको छुँ र तास अरुपनि ता छन ! रामुले डराई डराई भन्छ । उतिबेला ज्वाडे र जँड्याहरु एकता समाज सँग डराउँथे । रामु छिट्टै भाईर निस्के तँलाई थाहा छ तेरो स्वास्नी मरेको ?

आनन्दको कुराले उस्को नसा उत्रिन्छ, उ डाराउँछ । बिमारी स्वास्नीलाई छाडेर यँहा तास खेल्दा तिम्लाई लाज लागेन । तिमिलाई पुलिसले खोजेको छ बस भन्दै स्कुटर स्टार्ट गर्छ । अरुपनि यता उता खिस्किन्छन । रामु थरथर काँपेको थियो । आनन्दले रामुलाई लिएर क्वाटरमा आईपुगँछ भित्र आमा र छोरा चारपाईमा सुतेको देखेपछि रामुका आँखा बाट आँसु बग्छ,उ भाबुक हुँन्छ । दुई हात जोडेर क्षामा माग्छ आनन्द जि हजूर मेरो लागि भगवान भन्दा कम हुँनु हुँदैन, मलाई माफ गर्नुस मैले हजूरलाई चिन्न सकेको रैनछुँ ।

आनन्दले ५०० रुपियाको बिल दिन्छ मैले भोली मालिक आएपछि माग्छु भन्दै अनुरोध गर्छ । तिमिले मलाई भोलीनै दिनु पर्दैन ईनिहरुको रेख देख गर अनि जुवा र रक्सि छाडे मलाई केहि सम्मान गर्छौ भने यो गलत बानि त्यागे भन्दै बिदा लिन्छ । रामुले आज देखि रक्सिर जुवा त्यागेको भन्दै आफ्नो कान छोप्छ । अनि आनन्द आफ्नो गनतब्य तिर लाग्छ । (कथाका पात्र, नाम काल्पनिक हुँन । जो कसैसँग मेलखान गएमा  सञ्जोग मात्र हुँनेछ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *