सुरेशकुमार पान्डे
हैलो ! बिक्रमले फोन रिसिव गर्छ । बिक्रम तपाँई केहि दिनका लागि स्वदेश फर्किनु पय्रो!दिनेशले सिरियस हुँदै आदेश दिन्छन । बिक्रमजित भर्खरै स्वदेशबाट आएको तिन-चार दिन भयको थियो । सर के काम पय्रो र ? म त अँस्ति भर्खरै आएको हुँ एकमैनाको छुट्टी काटेर ! बिक्रमले प्रश्न राख्छ । राजमोले काठमाण्डौ केन्द्रित दश दिने काय्राक्रम राखेकोछ त्यँहा भागलिनु पर्छ हजूरले ! उता बाट दिनेशले आदेश गर्छन । उनि समाजका जिम्मेवार पेसेवर नेता हुँन । समाजले राजमोको संघियता बिरुद्धको आन्दोलन लाई नैतिक समर्थन मात्र गरेको थिएन आर्थिक नैतिक र भौतिक सहयोग गर्ने निर्णय गरेकोले देशमा कार्याक्रता खटाउँनु पर्ने नै हुँन्छ । बिक्रमजित आफु एकता समाजको एउटा जिम्मेवार कार्याक्रताको हैसियतले त्यो बेला हुँन्छ सर म प्रयात्न गर्छु ! भन्दै आफु सकेसम्म समयमै पुग्ने बिस्वास दिलाउँदै कुराको बिट मारेको थियो । अहिले कसरि कुन बहाना बनाएर छुट्टिलिने भन्ने बारे चिन्तामा थ्यो ।
बिहान डिप्टीमा पुग्दा बित्तिकै आफिसमा आफ्नो ईञ्चार्ज सँग बिक्रमजितले भेट गर्छ र आफ्नो अंकल को इक्सि डैन्ट भयो भन्दै भाबुक हुन्छ,उस्का आँखा टिल-पिल गरेको देखेपछि आफिसरले उ सँग खासै कुनै प्रश्न गर्दैन छुट्टी दिएर जानु भन्छ!उस्ले खोजेको पनि त त्यही थियो फटा-फट छुट्टी लेख्छ र आफिसरको हश्तक्षेर गराउँछ नजिकै बसेको एस डि सी लाई अगाडि पठाउँन भन्दै आफु त्यँहा बाट निस्किन्छ । अप्रिलको महिना भयकोले गर्मि चड्दै थियो केहि जोडा कपडा राखेर उ स्वदेशको लागि रवान हुँन्छ । परिवार लाई पनि आफ्नो र बाबु नानिको खयाल राख्नु भन्दै त्यँहा बाट बिदालिन्छ ।
यो सन २००९तिरको कुरा हो तर अहिले पनि समस्या जस्ताको तेस्तैछ संघियता उस्तैछ जस्को अहिलेपनि बिरोध गर्दैछन । उति बेला देशका २५वटा पार्टीले संघियतामा आस्था राखेका थिए तर राजमोले यसको ब्यापक बिरोध गर्दैथियो ।
बिक्रम जित सन १९८१देखि एकता समाजको सदस्य रँहदै आएकोले संगठानिक आदेशलाई सर्वोपरि ठान्दथ्यो । त्यो बेला भारत बाट बिक्रमजित सहित २६०जना स्वाँय सेवकको रुपमा काठमाण्डौ मा पुगेका थए ।
बिक्रम लगायत केहीको जिम्मा गौशाला बुथमा लाग्या रैछ र साथिले फोनमा एकजान जिम्मेवार साथिको नम्बर दिनु भयो र बिक्रम जित त्यो ठाउँमा पुग्यो । उनि अत्यन्तै मिजासी स्वभाबका धेरै पुराना जिम्मेवार साथि थिए।नमस्कार बिक्रम जि हजूर आई पुग्नु भयो भन्दै अँगालो हाल्नु भयो उँहाको हार्दिकता प्रशन्सनिय थियो । का.कमल यँहालाई भान्सा तिर र यो ठाउँको पुरै रेखदेख गर्ने जिम्मा दिनुपर्छ !हजूरले सबैको कार्या प्रणालिलाई गहिराईमा नियाल्नु प्रछ ! भन्दै आदेश दिन्छन । बिक्रमजित ले आफ्नो काम किचन बाट सुरु गर्छ किचनको साफ सफाई, अनि पानिको टंकी जँहा भित्र ठुला ठुला भेगुता मरेका थिए । यस्तो लाग्थ्यो त्यो धेरै बर्षबाट प्रयोगनै भयको थिएन होला त्यो सफा गरेर पानीको ब्यबस्था गर्छन ।
खास गरेर प्रवाशबाट गएका स्वायम सेवकहरुको महत्वपूर्ण सहयोग अनुसाशन र मिहेनतले कार्याक्रम सफल भयको भन्नु प्रछ ।कार्याक्रममा बिभिन्न खाले मान्छेहरु आएका त हुँन्छननै । उनिहरुको जस्तै प्रवाशी हरुको बर्ताब भएको भए आपसमै एक आर्का सँग लडाई झग्डा हुने र मूल क्रार्याक्रममा नै समस्या आउँन सक्थ्यो ।
बिक्रमले बाहिर केही कच-कच भयको सुन्यो उ भित्र पानीको ड्राम सफा गरेर पानी भर्दै थियो । त्यो छाडेर जब बाहिर आयो तिन चार जना युवाहरु ले पाखुरा बटार्दै हामि तेरो नोक्कर हौँ टाएलेट सफा गर्न आएका हौँ हामी ? भन्दै एकजना लाई घेरेको देखेपछि ! होईन हजूर तपाँईलाई होईन उँहाले भनेको त मलाई हो हजूरहरु लाई त मेरो सहयोग गर्न भन्नु भयकोहो ! भन्दै बिक्रमले टाएलट भयको तिर जान्छ । त्यँहा भएका सबैजसो टाएलैटहरु भरिएका थिए । काठमाण्डौको ठाउँ पानीको समस्या भैन भनेर यो टाएलैटहरु बन्द भएर बाहिर सम्म गन्दगी भरिएको थियो । बिक्रम जित र किचनका जिम्मेवार आर्का साथिले पनि सहयोग गर्नु भयो यो देखेर एकछिन पहिले लड्न पाखुरा बटार्ने युवाहरु ले पनि कसैले कुचो कसैले बाल्टि उठाएर बिक्रमजित भयको ठाउँमा पुगे । अनि त्यो सबै टाएलैटहरु लाई खोलिए र सफा गरियो । यसरी त्यो ठाउँमा एक प्रकार भई आई परेको समस्या लाई सुझबुझका साथ समाधान भयो।कार्याक्रमको अन्तिम ग्यारौँ दिन यानि की २८-४-२००९ सम्म त्यँहा को कार्याक्रम अत्यान्तै अनुसाशितरुपमा सम्पन्न भयको थियो । यध्यापी त्यो बेलाका कयौँ दिनेश लगायतका नेता ले संघियता बादि बनिसके तरपनि संघियताको बिरुद्ध आन्दोलन चल्दै र झाँग्गिदैछ ।
सामाजिक काममा आदेश गरेर कसैलाई कजाउँन सकिदैन बरु आफै ब्याबाहारीक रुपदिन थालेपछि मान्छेमा सदभावको बिकाश हुँनसक्छ र काम सफल हुँन्छ । त्यो बेला बिक्रमजित लगायतका पर्वाशबाट गएका स्वाँयसेबक हरुको ब्यबहारले कयौँ युवाहरुको मन जित्न सफल भयको थियो । बिक्रम जित लगायतका कयौँ साथिहरु कार्याक्रम सकिए पछि भारत प्रबेस गर्न बसहरु बुक गराए । त्यो बेला केहि मदेशि समुह हरुले बन्दको आवहान गरेका भयपनि एकता समाजका स्वाँयसेबक हरुका बसलाई जान दिएका थिए ।