> साहित्य सृजना > प्युठान लेख्ने कि प्यूठान ?


प्युठान लेख्ने कि प्यूठान ?

याम बहादुर बुढा मगर

भाषा मूलत: दुईपक्षबिचमा पारस्परिक विचार, धारणा, दृष्टिकोण, सूचना, खबर र जानकारीकाे विनिमयकाे माध्यम हाे । यसकाे प्रयाेग कुनै समाज र समुदायमा हुने गर्दछ । भाषा सेवाग्राहीलाई सेवाप्रवाहकाे आधार हाे ।सबैले पाउने सेवा सुनिश्चितता र सरलताका लागि सेवा प्रवाहकाे भाषा शुद्ध र स्तरीय हुनु अपरिहार्यता हुन्छ । नागरिकको सेवा प्रवाहमा भाषाकाे माैखिक र लिखित प्रयाेग न्यायिक ढङ्गबाट गर्नुपर्छ । संविधानले सरकारी कामकाजकाे भाषाकाे रुपमा बहुसङ्ख्यक जनताले बाेल्ने भाषा प्रयाेग गर्न मार्ग प्रसस्त गरेकाेछ । हाम्राे प्युठान जिल्लामा कुनै कुनै क्षेत्रमा मगर,तामाङ र नेवारी भाषा बाेले पनि यहाँको कामकाजको भाषा नेपाली नै हाे ।

 

प्युठान जिल्लाका अधिकांश सरकारी कार्यालयहरू, स्थानीय निकायहरू, क्याम्पसहरू, विद्यालयहरू, गैर सरकारी संस्थाहरू, सहकारीहरू र राजनीतिक दलहरूका नामपाटी, लेटरप्याड र तिनले जारी गर्ने सूचनाहरूमा प्राय “प्युठान” दीर्घ लेखिएको पाइन्छ । यहाँ कुतूहलता पैदा भएकाेछ, के ज्ञान नभएर वा नजानेर लेखेका हाेलान त ? हाेइन किनकि माथि उल्लिखित निकाय र संस्थाहरूमा वाैद्धिक जमात छ । तर पनि “प्युठान” दीर्घ नै लेख्छन किन ? यसकाे सहि उत्तर हाे हामी नेपालीले नेपाली भाषालाई उपेक्षा र बेवास्ता गर्दछाै । अँ चलि हाल्छ नि ! आखिर बुझ्ने त हाे नि ! जे लेखे पनि भै हाल्यो नि ! भन्ने अल्छीपन बानीकाे परिणाम हाे याे । यहीँ झिनामसिना हेलचक्य्राइँ र बेवास्ताले अहिलेसम्म हाम्राे प्युठानकाे नामले लेखाइमा शुद्धता पाउन सकेकाे छैन ।

 

प्युठान किन ह्रस्व लेख्ने ?

 

भाषाकाे आफ्नै सिद्धान्त, नियम र नीति हुन्छ तसर्थ नेपाली भाषाकाे पनि आफ्नै सिद्धान्त, नियम र नीतिहरू छन् । नेपाली भाषाकाे नियम अनुसार तद्भव शव्दकाे सुरुकाे अक्षर ह्रस्व लेख्नु पर्छ । प्युठान शव्द पीठस्थान संस्कृत भाषाबाट केही रुप परिवर्तन भइ नेपाली भाषामा तद्भव भएकाेले “प्युठान” काे प्यु चाहिँ ह्रस्व लेख्नु पर्छ ।

 

अन्त्यमा :- याे लेख लेखेर प्युठान जिल्लामा रहनु भएका आम नेपाली भाषाविज्ञ, बुद्धिजीवी र विद्वानहरूकाे मानहानी गर्ने दुराशय मेराे किमार्थ हाेइन । सिर्फ प्युठान जिल्लाकाे नाम हामी सबै सराेकारवालाहरूबाट भएकाे हेलचक्य्राइँ र बेवास्ताका बाबजुद अशुद्ध लेखिएकाेले यस प्रति सचेत हाै र सच्याउनु पर्छ भन्ने मूलभूत आशय हाे । तसर्थ वर्णविन्यासमा शङ्का लागेकाे खण्डमा शव्दकाेशकाे प्रयाेग गर्ने बानी बसालाै, अशुद्ध लेख्नु भाषिक अपराध हाे भन्ने मनन् गराै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *