> आर्थिक/बिकास > प्युठानमा बेसार प्रसोधन केन्द्र उद्घाटन


प्युठानमा बेसार प्रसोधन केन्द्र उद्घाटन

प्युठान । प्युठान नगरपालिका-८ गेजवाङमा स्थापना भएको बेसार प्रशोधन केन्द्रको आज एक कार्यक्रम बीच उद्घाटन गरिएको छ । नेपालका लागि जापानीज राजदुत किकुता युटाकाले केन्द्रको उद्घाटन गर्नुभएको हो ।

 

केन्द्र स्थापना गर्न जापान सरकारले करीब एक करोड रुपियाँ सहयोग गरेको राजदुत युटाकाले बताउनुभयो । उहाँले परियोजना सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।

उद्घाटन कार्यक्रममा धर्मावति महिला बचत ऋण सहकारीका अध्यक्ष पबित्रा जिसीले केन्द्र स्थापना गर्न जापान सरकार र स्थानीय सरकारले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

 

प्युठान नगरपालिकाका उप प्रमुख देवेन्द्र वर्माले अर्गानिक र ब्याबसायिक उत्पादन गर्न सहयोग पुग्ने बताउनुभयो ।

 

फ्रान्सका पुर्व राजदुत मोहन कृष्ण श्रेष्ठले ६७ वर्षको मित्रता
रहेको भन्दै जापान सरकारले धेरै सहयोग गरेको बताउनुभयो ।

 

भोल नेपालका शिव रिमालले स्थानीयले १ डलर प्रतिदिन आम्दानी गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले बेसार खेतिका लागि स्थानियको उत्साह प्रति खुशी व्यक्त गर्नुभयो ।

प्रशोधन केन्द्रको दिगोपन र संचालनका लागि नगर प्रमुख बिष्णु बहादुर योगीले प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमको संचालन वडा सचिब कृष्ण थापाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *