प्यूठान । मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई विदाई गरिएको छ । कर्मचारी मिलन केन्द्र प्यूठान र मल्लरानी गाउँपालिकाले आज छुट्टाछुट्टै कार्यक्रम गरेर अधिकृत थापालाई विदाई गरिएको हो ।
थापाले २७ महिना मल्लरानी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेर काम गर्नुभएको हो । उहाँको राष्ट्रिय शतर्कता केन्द्रमा सरुवा भएको छ ।
थापाले गाउँपालिकामा रहेर काम गर्दा आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिकालाई शुन्य बेरुजु बनाउन सफल हुनुभएको थियो । त्यसअघिको आर्थिक वर्ष २०७६/०७७ को बेरुजु समेत सम्परिक्षण गरि शुन्य बनाएको उहाँको भनाई छ ।
गाउँपालिकालाई शुसासन र पारदर्शि बनाउन विभिन्न योजनाहरु पालिकामा अघि बढेको छ । गाउँपालिकाको प्रशासनिक कार्यलाई डिजिटलाईज गरिएको छ । गाउँपालिकाको डिजिटल प्रोफाइल समेत बनेको छ ।
विदाई कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र कर्मचारी मिलन केन्द्रका अध्यक्ष हरि पौडेलले मल्लरानी गाउँपालिकाको बेरुजु शुन्य बनाउन महत्वपूणर् भूमिका खेलेकोमा प्रशंसा गर्दै आगामी कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत थापाको कार्यकालका मुख्य मुख्य उपलब्धी
- मल्लरानी गाउँपालिकाको १५ शैयाको अस्पतालका लागि जग्गा प्राप्ती र अस्पताल निर्माणका लागि ठेक्का प्रक्रियापछि निर्माण शुरु
- गाउँपालिकाको प्रशासकीय भवनका लागि जग्गा प्राप्ती
- आर्थिक वर्ष २०७७/०७८ को बेरुजु शुन्य
- आर्थिक वर्ष २०७६/०७७ को बेरुजु सम्परिक्षण गरि शुन्य
- अनलाईन हाजिरी प्रणाली (गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय)
- अनलाईनबाट दर्ता/चलानी
- अनलाईनबाटै राजश्व संकलन