> विचार > बिकासका संवाहक युवा र वर्तमान समय


बिकासका संवाहक युवा र वर्तमान समय

शशिधर पन्थी

बिकासका संवाहक मानिने वर्तमान युवावर्ग समाज परिवर्तनको प्रमुख सचेतक हो । विशेषगरि हाम्रो देश र समाजको विकास तथा परिवर्तनमा युवा वर्गको महत्वपुर्ण भुमिका हुन्छ । समाज विकासको प्रमुख संवाहक मानिने अधिकांस युवा वर्गनै रोजगारीको शिलशिलामा देशभन्दा बाहिर हुनुहुन्छ । हाम्रो समाजमा युवाहरुको संख्या निरन्तर घट्दो क्रममा रहेको छ । रोजगारी तथा अध्ययनको शिलशिलामा कतिपय युवाहरु विभिन्न ठाउँमा हुनुहुन्छ । अहिले यस विश्व महामारीले हामी मध्य कतिपयलार्ई हाम्रो घरपरिवारमा फर्कने र लामो समय घर परिवारसँगै बस्ने सुनौलो अवसर मिलेको छ ।

अहिले अधिकांस मानिसहरुमा धेरै समय उपलब्ध छ । हामीलाई यो लकडाउनको समय कतिवेला सकिएला जस्तो भइसक्यो । हामीलाई हाम्रा विगतका दिनचर्यामा कतिवेला फर्कौ जस्तो भइसक्यो । विगतमा आफ्नो दैनिकीले विहानको खाना समेत वाहिर खाने हामीले कसरी यो दिन कटाउने होला भन्ने सोँच्न थालिसक्यौ । हामी युवावर्ग प्रत्येक दिन साँेचिरहेका हुन्छौ कि कामनै नपाएर समय विताउनु परेको छ । आज समय कसरी विताउने होला ? आजको दिन कस्तो अल्छिलाग्दो ? सुतौ भने निद्रा नै लाग्दैन ! नेट चलाउँ नेटनै चल्दैन गाउँघर नेटको सुविधा त्यति छैन । अव कसो गरौ ? यस्तोे साँेच हामी अधिकांसमा पाईन्छ । यसको समाधानमा अधिकांस सचेत वर्ग युवाहरुनै लकडाउनको नियमलाई अवज्ञा गर्दै गाउँघरमा रमाईरहेका हुन्छौ । एकै ठाउँ जम्मा भई गफिएका हुन्छौ । जवकि हामीहरुलाईनै थाहा छ कि दुरी मेन्टेन गर्ने भन्ने बारेमा किनकि हामी शिक्षित वर्ग अन्र्तगत पर्छौै ।

हाम्रो अधिकांस समय सार्वजनिक स्थान, पार्टी, पसल, चौतारोमा गफिएर वित्छ । हाम्रो विपतको वेला आवश्यक पर्ने पानीका मुहान, पानी पोखरी, बाटोघाटो हिडन नसक्ने भईसक्यो ।

कृषिप्रधान देशका नागरिक हामी हाम्रो धेरैजसो समय ईन्टरनेट, मोवाईल र फेसवुकमा विताइरहेका हुन्छौ । जबकि आमाले पकाएर सिरानमा राखिदिएको चिया चिसो भएको समेत पत्तो हुदैन । किनकि हामी फेसबुक, भाइवर, नेपाल टेलिकम, एनसेल जस्ता कम्पनीहरुको आम्दानी बढाउनको लागी काममा व्यस्त छौ । नकि हाम्रो साँझ खाने तरकारी समेत के हो ? पत्तो हुदैन हामीलाई । हाम्रो अधिकांस समय सार्वजनिक स्थान, पार्टी, पसल, चौतारोमा गफिएर वित्छ । हाम्रो विपतको वेला आवश्यक पर्ने पानीका मुहान, पानी पोखरी, बाटोघाटो हिडन नसक्ने भईसक्यो । हाम्रो घरनजिकैका कुवा, पोखरी, कुलो, पानी भर्ने पधेरोको अवस्था कस्तो छ त्यो पनि मतलव छैन हामीलाई । वर्तमानका आधुनिक युवाहरुले पानीका मुलमुहान नदेखेको त बर्षौ भईसकेछ । गाउँघरमा आगोलागी हुँदा आवश्यक पर्ने दमकल हाम्रो पहुँचमा छैन । तयारी अवस्थामा रहेको भएपनि हाम्रो समाजमा आईपुग्न बाटो राम्रो छैन । ल बाटो छ बोलाउँ भनौभने नत नम्बर नै उपलब्ध छ हामीसँग । जसोतसो दमकल आईपुग्दा आगो निभिसक्छ ।

आफ्नो छोरालाई बोर्डिङ स्कुलमा पढाउने सपनाले गर्दा हाम्रो आठ सम्मको गाउँको स्कुल पाँचसम्म चलाउन बाध्य भएको कुरा हामीलाई पत्तो भएन ।

एकातर्फ युवावर्गहरु काम नपाएर कसरी समय विताउने भन्ने चिन्तामा छन भने अर्कोतर्फ हाम्रा प्रौढ पुगिसकेका बुवाआमा परिवारका सदस्यको सेवा, अन्नवाली भित्राउने चटारो, धानवाली लगाउने तरखर, वर्षभरि खाने खेतिको लागी चिन्तित हुनुहुन्छ । हामी युवा भन्दै छौ कि अवको खाजा नास्ता के खानेहोला ? जान भाई पसलबाट चाउचाउ ल्याएर आइज । हाम्रै करेसाबारीमा तरकारी लगाउने बेला भएको छ । हामी भन्दै छौँ कि जाउन बहिनि मासु पसलबाट ब्रोइलरको एक केजी मासु लिएर आउ । म पछि हजुरआमाको बृद्धाभत्ता आएसी दिऊँला ।

अब कुरा गरौ युवा वर्गले जागिर नपाएर विदेशिन पुगेको पिडाको बारेमा । हामी युवा रोजगारीको शिलशिलामा विभिन्न देशमा पुगेका छौ । प्रशस्त धनपैसा पठाएर आफ्नो परिवारलाई खुसी र सुखी राख्ने सपनाको आसामा । हुनत रेमिटान्सलेनै बाँचेको देशमा यस्तो कुरा गर्न अलि नसुहाउला । हाम्रा कतिपय सपना पनि त पुरा भएका छन । त्यहि सपनाको आसामा घरपरिवारसँग भेट नभएको दुईचार बर्ष बितेको हामीलाई थाहानै भएन । आफ्नो छोरालाई बोर्डिङ स्कुलमा पढाउने सपनाले गर्दा हाम्रो आठ सम्मको गाउँको स्कुल पाँचसम्म चलाउन बाध्य भएको कुरा हामीलाई पत्तो भएन । हाम्रो अभिभावको मृत्युको खबरले स्तब्ध हुनेबाहेक दुईबर्षसम्म घर फिर्ने हामीसँग अरु कुनै नत विकल्प छ हामीमा । माहामारी आओस र कुनै बन्दकोठामा बस्नुको पिडा छुट्टै ।

समाज परिवर्तन गर्नमा अहम भुमिका रहेको युवा तिमी हामी मिलेर अब आफ्नै करेसाबारीमा तरकारी फलाउँ । आफ्नै खेतबारीमा अनाज तथा फलफुल फलाउँ ।

समाज परिवर्तन गर्नमा अहम भुमिका रहेको युवा तिमी हामी मिलेर अब आफ्नै करेसाबारीमा तरकारी फलाउँ । आफ्नै खेतबारीमा अनाज तथा फलफुल फलाउँ । नकि नाकावन्दी लकडाउन या जस्तोसुकै प्रकोप किन नआओस तिमि आफ्नो करेसाबारी आफ्नो धन्सार आफ्नो कुनियो आफ्नै घरको करेसाबारीमा आफ्नै घरपरिवार सँगै रमाउँ । यस विदाको समयलाई आफन्तसँगको माया सहयोग सद्धभाब बढाउनमा बिताऔ ता कि तिमी तिम्रो अस्थाई बासस्थान छोडेर आफ्नो लक्ष्य प्राप्तीको लागी तिम्रो स्थाई बसोबास तिम्रो प्यारो शहर फर्केपछि पनि तिम्रा आमा बुवाआमाले तिमीले लगाएको तरकारी खादैँ भनुन कि मेरो छोरोले लगाएको तरकारीले हाम्रो परिवारलाई एक महिना पुग्यो । आहा ! कति मिठो मेरो छोरीले लगाएको काक्रो । मेरो नातिले लगाएको मकैपनि फल्न थालिसक्यो ।

(लेखक हाल काठमाण्डौंमा बस्दै आउनु भएको छ । उहाँ त्रिवि अन्र्तगत एम ए अर्थशास्त्र अध्यनरत हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *