> राजनीति > सत्तासँग विमुखमा खुशी हुने प्यूठान


सत्तासँग विमुखमा खुशी हुने प्यूठान

इमानसिंह भारती
प्रजातन्त्रको पुनःस्थापना पछि प्यूठान सधै सत्ता विमुख हुने र यहाँको नेतृत्व पनि त्यही विमुख राजनीतिमै खुशी भइरहेको इतिहास बहुमतमा देखिन्छ । तर राज्यका हरेक गतिििधमा र प्रजातान्त्रिक तथा बामपंथी आन्दोलनमा भने नेतृत्वदायी भूमिका निर्वाह गरेको देखिन्छ ।

 

०४६ को आन्दोलनमा पनि प्यूठानी नेताहरुको अहम भूमिका रहेको थियो तर त्यसपछिको विकासको गतिमा प्यूठान छिमेकी जिल्लाहरुको तुलनामा अलि कछुवा गतिमा गयोकी भन्ने जनगुनासो व्यापक सुन्न पाइन्छ । यो गुनासोसँग जनप्रतिनिधिको उपस्थितिलाई तुलना गर्दा सायद त्यो गुनासो तथ्यमा आधारित नै छ जस्तो लाग्छ ।

 

०४८ मा तत्कालिन ने.क.पा. मसालले संसदीय निर्वाचन बहिस्कार गर्ने नीति अवलम्बन गरेपछि जनाधार कमजोर रहदा रहदै पनि नेपाली कांग्रेसले प्यूठानका दुवै क्षेत्रबाट विजय प्राप्त गर्‍यो । विजयपछि कांग्रेसको राजनीतिको केन्द्रविन्दुमा गिरिजा प्रसाद कोइराला रहँदा प्यूठानबाट प्रतिनिधित्व गर्ने शिवराज सुवेदी विपक्षी गुटमा सक्रिय रहनुभयो । नेपाली कांग्रेस भित्रका ेअन्तर कलहले ०५१ मै संसद विघटन गरि निर्वाचन गराइयो । क्षेत्र नं. १ बाट पुनः नेपाली कांग्रेसका शिवराज सुवेदी र २ बाट राष्ट्रिय जनमोर्चाका नवराज सुवेदी निर्वाचित हुनु भयो तर केन्द्रमा अल्पमतको एमाले सरकार बन्यो । ९ महिना पुग्दा नपुग्दै अल्पमतको सरकारबाट पुनः नेपाली कांग्रेसकै नेतृत्वमा सरकार निर्माण भएपनि दुवै सांसद सत्ताको विपक्षमै रहनुभयो ।

 

०५६ को आम निर्वाचनमा आइपुग्दा मुलुकमा सशस्त्र द्धन्द्ध अगाडी बढी सकेको थियो भने नेकपा एमालेमा विभाजन भएका कारण दुवै क्षेत्रमा राजमोले विजयी प्राप्त गर्‍यो । तर केन्द्रमा सरकार नेपाली कांग्रेसले नै निर्माण एकातर्फ गर्‍यो भने अर्को तर्फ राजमो सरकारमा सहभागी नहुने नीति रहेकाले प्यूठान विपक्ष राजनीतिमै अगाडी बढीरह्यो । जनयुद्ध कालमा पनि प्यूठान छिमेकी जिल्लाको तुलनामा युद्धको विपक्षमै रहेको पाइन्छ । युद्धविराम पछि ०६४ मा भएको संविधानसभा निर्वाचनमा प्यूठानबाट नेकपा माओवादीले दुवै क्षेत्रबाट विजय प्राप्त गरेपनि प्रचण्ड र बाबुराम प्रधानमन्त्री भएपनि यहाँबाट प्रतिनिधित्व गर्ने दुवै सांसद पार्टी भित्रको विपक्षमै उभिनुभयो ।

समग्र अध्ययन गर्दा ०४८ देखि ०७८ सम्मको ३० वर्ष(तिन दशक) मध्ये अलि बढी काम भएको २०७० देखि ०७४ सम्म देखिएपनि सन्तोष भने प्यूठानीले गरेका छैनन ।

०७० को दोस्रो संविधान सभाको निर्वाचनमा भने दुवै क्षेत्रमा एमालेले विजयी प्राप्त पछि सत्तापक्ष बन्यो । सत्तापक्ष मात्र होइन सरकारको उप-प्रधान तथा गृहमन्त्री समेतको दोस्रो बरियताबाट राज्यको नेतृत्व गर्ने अवसर प्राप्त भयो । त्यति मात्र होइन योजना आयोगको उपाध्यक्ष जस्तो गरिमामय पद पनि प्यूठानले नै प्राप्त गर्‍यो । ०७४ को निर्वाचनमा बाम गठबन्धन गरि प्रतिनिधि सभा राजमो र प्रदेश १ एमाले, २ माओवादी केन्द्र विजयी भयो ।

 

केन्द्रमा झण्डै दुई तिहाईको सरकार हुँदा सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी नहुँदा विपक्ष मै छौं की भन्ने अनुभूति प्यूठानीले गरिरहेका छन् । प्रदेशमा दुवै सांसद दुवै सरकारका मन्त्री हुँदा पनि प्यूठानी सत्तापक्ष भएजस्तो अनुभूति नगरिरहेको पाइन्छ । मानसिक रुपमा नै प्रतिपक्ष हौ जस्तो गरिरहने र उपस्थिति जनाएपनि गतिविधि त्यही अनुरुप भइरहेको छ भन्ने व्यापक जनगुनासो पाइन्छ । स्थानीय सरकार र प्रदेश सरकारले गर्ने विकासका काम साना ठूला भइरहेका छन तर राष्ट्रिय गौरवका आयोजना अथावा जिल्लाको समग्र विकासमा कायापलट हुने योजना अगाडी नबढ्दा वा अगाडी बढेका योजना पनि सम्पन्न नहुँदा जिल्लाले सत्तापक्षको अनुभूति नगरेको हुन सक्छ ।
हिन्दुहरुको पवित्र धार्मिक एवं पर्यटकीय स्थल स्वर्गद्वारीलाई केन्द्रित गरि अन्य जिल्लाको पर्यटकीय स्थल मार्फत धार्मिक पर्यटन अगाडी बढाउन सकिने प्रचुर सम्भावनालाई पनि खासै गरि प्यूठानले अगाडी बढाउन सकेन ।

 

चाल्नेटारमा निर्माणको प्रक्रियामा अगाडी बढेको स्वर्गद्वारी विमानस्थल जग्गा अधिकरणमा आएर अड्किएको छ । नीजि क्षेत्रसँग सहकार्य गरेर र त्यहि विमानस्थललाई दैनिक उडानसँग जोडेर निर्माण हुने स्वर्गद्वारी केवलकार पनि सरकारको प्रस्ताव आह्वानमा मात्र सिमित रहन पुग्यो भने मन्दिर नजिक रहने स्टेशनका लागि आश्रमले जग्गा नै उपलब्ध गराएको छैन ।

 

भारतको सीमा क्षेत्र कोइलावासबाट प्यूठान, बाग्लुङ हुँदै मुस्ताङ, मुक्तिनाथबाट चीनको सीमा लोमाङथाङसम्मको त्रिदेशिय मार्गको माग प्यूठानीले बारम्बार गर्दै आएका छन् । बाग्दुला-ठुलावेशी-भिमगिठे खण्डको टेण्डर समेत भइसक्दा पनि त्यो कहाँ, किन, कसरी काम भएन प्यूठानले त्यसलाई खोज्न सकेन ।

 

०६४ को निर्वाचन पछि प्रचण्ड प्रधानमन्त्री हुँदा भारतले उपहार स्वरुप निर्माण गरिदिने नौमुरे बहुउदेश्यीय जलविद्युत आयोजना अलपत्र परेको छ । त्यो आयोजनासँगै बांगेशाल, देउखुरी र कपिलवस्तु समेतका हजारौं विघा जमिन सिंचाई हुने परियोजनामा पनि प्यूठानले राज्यको ध्यानाकर्षण गर्न सकिरहेको छैन ।

 

प्यूठानबाट बग्ने दुई ठूला नदी झिमरुक माण्डवीको जलासयलाई उपयोग नै गर्न सकेको छैन नत सिंचाई आयोजना छन नत लिफ्ट आयोजना अथवा नदी नियन्त्रण नै । त्यसकारण पनि प्यूठानले आफूलाई सधै विपक्ष मै छु भन्ने अनुभव गरेको हुनुपर्छ । समग्र अध्ययन गर्दा ०४८ देखि ०७८ सम्मको ३० वर्ष(तिन दशक) मध्ये अलि बढी काम भएको २०७० देखि ०७४ सम्म देखिएपनि सन्तोष भने प्यूठानीले गरेका छैनन । अत ः यो कहाँ, के कारण, कसरी विपक्षबाट सत्तापक्ष हुन्छ भन्ने फेरी प्यूठानीकै हातमा ०७९ आइपुगेको छ । तपाई हामी सवैले फेरी एक पटक ०७९ देखि ०८४ सम्मलाई स्वणर्िम अवसरको रुपमा लिन जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *