> प्यूठान समाचार सम्वाददाता (Page 236)

प्यूठानमा ठाडो खोलाले बगाएर एक जना बेपत्ता, खोजी कार्य जारी

प्यूठान, ७ असोज । ऐरावती गाउँपालिका वडा नं. २ लामीदमारमा ठाडो खोलाले बगाएर एक व्यक्ति बेपत्ता भएका छन् । मंगलबार स्थानीय छेस्के ठाडो खोला तर्ने क्रममा बगाएर ३५ वर्षीय गजेन्द्र बहादुर बाकबल(मगर) बेपत्ता हुनुभएको हो । जंगलबाट गोठालो गएर घर फर्किने क्रममा खोलाले बगाएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो

पुरा पढ्नुहोस

प्यूठानमा थप ८ जनामा कोरोना संक्रमण

प्यूठान, ६ असोज । प्यूठानमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परिक्षणका क्रममा २ जना, प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ५ जना र बुटवल स्थित निजि प्रयोगशालामा १ जना गरी प्यूठानका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । जसमा

पुरा पढ्नुहोस

प्यूठानमा पेट्रोलियम पदार्थ नियमित आपूर्ति गर्ने व्यवसायीको प्रतिवद्धता

प्यूठान, ६ असोज । जिल्लामा नियमित रुपमा पेट्रोलियम पदार्थको आपूर्ति गर्न व्यवसायीले प्रतिवद्धता जनाएका छन् । लामो समयदेखि पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या भइरहेको भन्दै उपभोक्ताको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय प्युठानमा बसेको व्यवसायी र प्रशासनबीचको बैठकमा व्यवसायीले यस्तो प्रतिवद्धता जनाएका हुन । नियमित रुपमा पेट्रोलियम पदाथ आपूर्ति गर्ने, कालोबजारी रोक्ने र

पुरा पढ्नुहोस

प्यूठानमा ड्रागन फ्रुटको खेतीः उत्पादन शुरु हुन थाल्यो

प्यूठान, ६ असोज । सरुमारानी गाउँपालिका वडा नं. २ दर्भानमा व्यवसायिक रुपमा खेती थालिएको ड्रागन फ्रुटले उत्पादन दिन शुरु गरेको छ । २०७६ साल असारमा लगाएको ड्रागन फ्रुटको उत्पादन शुरु भएको हो । प्यूठान दर्भानका केशरबहादुर गुरुङ, दाङका हिरामणी पौडेल र रुपन्देहीका खुमानन्द भुसाल मिलेर व्यवसायिक रुपमा ड्रागन फ्रुटको खेती गर्नुभएको

पुरा पढ्नुहोस

झुटा र भ्रामक समाचारप्रति राष्ट्रपतिको चासो

काठमाडौँ, ६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले अभिव्यक्ति स्वतन्त्रताको नाममा तथ्यहीन र झुटा समाचार एवम् भ्रामक विचार सञ्चार माध्यमहरूमा प्रकाशित र प्रसारित भइरहेकोप्रति चासो व्यक्त गर्नुभएको छ । प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै भण्डारीले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादा समेतलाई ख्याल नगरी समाचार सम्प्रेषित भइरहेकोमा प्रेस काउन्सिलले

पुरा पढ्नुहोस

सरुमारानी गाउँपालिकाद्वारा विद्यालयलाई सेनेटरी प्याड वितरण

प्यूठान, ५ असोज । सरुमारानी गाउँपालिकाले आफ्ना छात्राहरुलाई सेनेटरी प्याडको व्यवस्था मिलाएको छ । पालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयलाई प्याड वितरण गरि गाउँपालिकाले विद्यालयमा अध्ययनरत छात्राहरुका लागि महिनावारीका बेला प्रयोग गर्नका लागि प्याडको व्यवस्था गरेको हो । गाउँपालिकाले विद्यालयलाई आजदेखी प्याड वितरण शुरु गरेको छ । पहिलो दिन ६ वटा वडाका प्राथमिक,

पुरा पढ्नुहोस

यसवर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार शम्भु श्रेष्ठलाई

काठमाडौँ, ५ असोज ।यसवर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिने भएको छ । प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकउत्सवको अवसरमा मंगलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा वार्षिकोत्सव समारोह गरी पुरस्कार वितरण हुनेछ । प्रेस काउन्सिलका पूर्वअध्यक्ष स्व. गोपालदास श्रेष्ठको स्मृतिमा स्थापना गरिएको कोषबाट हरेक वर्ष पुरस्कार वितरण

पुरा पढ्नुहोस

प्यूठानमा रक्तश्रावबाट सुत्केरी महिलाको मृत्यु

प्यूठान, ५ असोज । अत्यधिक रक्तश्रावका कारण प्यूठान अस्पताल विजुवारमा एक जना सुत्केरी महिलाको मृत्यु भएको छ । सुनिलस्मृति गाउँपालिका– २ रोल्पा निवासी २५ वर्षीया सुत्केरी नेतृ सिंहको सुत्केरी भएपश्चात मृत्यु भएको प्यूठान अस्पतालले जनाएको छ । सोमबार विहान २ बजे सिंहले सामान्य रुपमा छोरा जन्माउनुभएको थियो । सुत्केरी भएपछि रक्तश्रावका कारण विहान

पुरा पढ्नुहोस

प्यूठानमा गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना संक्रमण

प्यूठान, ४ असोज । प्यूठानमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतवार प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहिमा गरिएको परिक्षणमा प्यूठान माण्डवी गाउँपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । संक्रमित १७ देखि ६८ वर्षसम्मका २ महिला र ४ पुरुष रहेका छन् । संक्रमितहरु मध्ये १

पुरा पढ्नुहोस

प्यूठानमा बाढिले झोलुङगे पुल बगायो

प्यूठान, ४ असोज । गौमुखी गाउँपालिका २ अर्खामा गत असोज २ गते राती परेको अबिरल बर्षासँगै आएको बाढीले झोलुङ्गे पुल बगाएको छ । बाढिले अर्खाको सवरा र बेसिबन गाउँ जोड्ने घट्टेखोलामा रहेका पुल बगाएको वडा अध्यक्ष डोरबहादुर रानाले जानकारी दिनुभयो । बाढिले पुलसँगै ४३ घरपरिवारले खादै आएका दुई ओटा पानीको मुहान

पुरा पढ्नुहोस