> राष्ट्रिय > सराेकार समुहको पहलमा उठ्याे उपचारका खर्च


सराेकार समुहको पहलमा उठ्याे उपचारका खर्च

प्यूठान । खलंगा सरोकार समुहले थालेको अभियानबाट मधुसुदन शाहको उपचारका लागि सहयोग संकलन भएको छ ।

मल्लरानी गाउँपालिका वडा नं. ४ खलंगा भञ्ज्याङ निवासी ३० वर्षीय शाहलाई मस्तिष्कमा रक्तश्राव भएपछि उपचारका लागि समुहले फेसबुक मार्फत आर्थिक सहयोग संकलन अभियान चलाएको हो ।

जसबाट २ लाख ४० हजार रुपियाँ सहयोग संकलन भएको समुहका संयोजक मनोज कुमार श्रेष्ठले जानकारी दिनुभयो । युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचाररत शाहको स्वास्थ्य अवस्थामा सुधार भइरहेकोे र हाल सहयोग संकलन स्थगित गरिएको समेत उहाँले जानकारी दिनुभयो ।

सहयोगदातालाई परिवार र समुहले धन्यवाद दिएको छ । यसअघि पनि खलंगा सरोकार समुहले विभिन्न सामाजिक अभियानमा पहलकदमी गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *