प्यूठान । जंगली च्याउ पकाएर खाँदा प्यूठानमा नौ जना बिरामी परेका छन् । नौबहिनी गाउँपालिका–८ पुर्जानीका उनीहरू जंगली च्याउ खाएपछि बिरामी परेका हुन् ।
स्थानीयका अनुसार उनीहरूले गएराति खानामा जंगली च्याउ पकाएर खाएका थिए । च्याउ खाएपछि असहज महसुस भएपछि उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको हो ।
बिरामी हुनेमा चार महिला, एक पुरुष, तीन बालिका र एक युवती रहेका छन् । उनीहरूको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।
अस्पतालका अनुसार हाल सबै बिरामीको अवस्था सामान्य रहेको छ ।
सांकेतिक तस्बिर : एआई





