समाज

भण्डारी दम्पतीद्वारा वृद्धभत्ता र निवृत्तिभरणको रकमबाट बाढी प्रभावितलाई सहयोग

प्यूठान । एक दम्पतीले बाढी प्रभावितहरुका लागि आर्थिक सहयोग गरेका छ्न । श्रीमानले पाउने निबृत्तिभरण भत्ता र श्रीमतीले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ताबाट उनीहरुले आर्थिक सहायता गरेका हुन ।

प्यूठान नगरपालिका–४ टारी निवासी ९० वर्षीय लोकबहादुर भण्डारीले आफुले प्राप्त गर्ने निबृत्तिभरण भत्ताबाट १० हजार रुपैया र उहाँको श्रीमती यशोदा भण्डारीले आफूले पाउँदै आएको सामाजिक सुरक्षा भत्ताबाट ४ हजार रुपैया सहयोग गर्नुभएको हो ।

कुल १४ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको परिवारले जनाएको छ ।

भोटेकोशी क्षेत्रमा आएको बाढी पहिरोबाट प्रभावित नागरिकलाई राहतका लागि सहयोग पुगोस भन्ने उद्देश्यले रकम सहयोग गरेको भण्डारी दम्पतीले जनाएका छ्न ।

Related Articles

Back to top button