> राष्ट्रिय > चाडपर्व मनाउन फर्केनन परदेशी


चाडपर्व मनाउन फर्केनन परदेशी

टु आर क्षेत्री
कामका लागि प्यूठान नगरपालिका वडा नम्वर २ आरनेटाका अर्जुन वि.क. भारतमा हुनुहुन्छ । गाउँघरमै रोजगारी नपाएपछि रोजगारीका लागि विदेशिनु पर्ने अरु युवाको जस्तै अर्जुनको पनि बाध्यता छ ।

 

कोरोना र त्यसपछिको प्रभावले दशैतिहारमा घर नआएको अर्जुनले बताउनुभयो । “दशैँमा घर आउने भनेको थिए । कोरोनाका कारण बीचमा केहि समय रोजगार विहिन हुनुपर्यो ।” उहाँले भन्नुभयो, “अहिले दशैँ आउने वेला कोरोना कम हुदै गयो, रोजगार मिल्यो र घर आउन पाइएन ।”

 

स्वदेशमै पर्याप्त रोजगार नहुदा धेरै नेपाली रोजगारका लागि विदेशिनु परेको छ । वर्षभरी विदेशमा गरेको कामको थकानलाइ मेट्न दशैँ आगमनसँगै विदेशियका युवा स्वदेश भित्रने गर्दछन् । तर यसपटक दशैमा पनि गाउँघर युवा विहिन देखियो । आउँदै गरेको तिहारमा पनि विदेश गएका धेरैजसो परदेशी फर्किएका छैनन ।

 

तस्विर http://english.aarthiknews.com/ बाट

प्यूठान नगरपालिका वडा नं २ आरनेटा, जहाँका अधिकांश युवा रोजगारका लागि भारत तथा तेस्रो मुलुक गएका छन् । वडाका मसेरी, ढाडा, रिचि, आरधारा, कट्टेपखरा, सासखर्कका धेरै जसो युवा विदेशियका छन् । गरिवी, अशिक्षा सँगै स्थानीय स्तरमा रोजगारको अवसर नपाउदा विदेशिनु परेको हो । गरिवीका कारण बीचमै पढाइ छाडेर कमाउन जाने क्रम घट्न सकेको छैन ।

 

केहि वर्ष अघिसम्म दशैँको आगमनसँग रोजगारका लागि विदेशियका युवाहरु गाउँघरमा फर्कन्थे । अन्य समयमा खालि हुने गाउँघरमा दशैँ तिहारको वेला भरिभराउ हुन्थ्यो । तर यस पटक भने केहि फरक पाइएको छ । चार्डपर्वको वेला भरिभराउ हुने गाउँ खाली छन् अर्थात युवा विहिन छन् । विश्वभर फैलिएको कोरोना भाइरस र त्यसपछि प्रभावले चाडपर्वमा पनि गाउँघर युवाविहिन भएका हुन् ।

 

आर्थिक अवस्था कमजोर तथा योग्य व्यक्तिलाई जागिर नमिल्दा रोजगारका लागि विदेशिनु परेको प्यूठान नगरपालिका वडा नं. २ का स्थानीय रुन्द्र वहादुर खड्का बताउनुहुन्छ । “सरकारवाट युवा केन्द्रित निति तथा कार्यक्रम आउन सकेका छैनन् ।” उहाँले भन्नुभयो, “सरकारले युवाहरुको सिप र क्षमतालाई ख्याल गर्दै स्थानिय स्तरमै रोजगारको अवसर सिर्जना गर्नु आवश्यक छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *