राजनीति

कांग्रेसको वडा अधिबेशन शुरु, प्यूठान नगरपालिका वडा नं. ९ को सम्पन्न

प्यूठान । नेपाली कांग्रेसको वडा अधिबेशन शुरु भएको छ । प्यूठान नगपालिका-९ ले वडा अधिबेशन सम्पन्न गरि अधिबेशन सम्पन्न गर्ने पहिलो वडा भएको छ । अधिबेशनले सुर्यबहादुर केसीको सभापतित्वमा १४ सदस्यीय समिति चयन गरेको छ ।

जसको उपसभापतिमा देवा केसी र जितबहादुर केसी, सचिव पुर्ण बहादुर केसी, कोषाध्यक्ष प्रकाश केसी लगायत सदस्य रहनुभएको छ ।

केन्द्रिय समितिले महाधिवेशन सहितको असोज ३ र ४ गते वडा अधिबेशनको कार्यतालिका सार्बजनिक गरेको छ ।

शेरबहादुर देउवा पक्षले कांग्रेसको विवाद अदालती प्रकृयामा रहेको भन्दै अधिबेशनमा सहभागी नहुन आव्हान गरेको छ । यस पक्षको नेतृत्व प्यूठानमा जिल्ला उपसभापति ईश्वर बिष्टले गर्नुभएको छ । फेसबुक स्टाटस लेख्दै उहाँले अधिबेशनमा सहभागी नहुन आव्हान गर्नुभएको छ ।

Related Articles

Back to top button