समाज

८४ औँ जन्मोत्सवमा अभिभावकको नाममा अक्षयकोष स्थापना

प्यूठान । प्यूठानको झिमरुक गाउँपालिका–४ का एक परिवारले आफ्ना अभिभावकको ८४ औँ जन्मोत्सवको अवसरमा शैक्षिक अक्षयकोष स्थापना गरेका छन् ।

स्थानीय केशर जिसीले आफ्नी आमा चुमकला जिसी ८४ वर्ष प्रवेश गरेको अवसरमा हिन्दु धर्म संस्कार अनुसार गरिने ८४ पूजा नगरी बुवा–आमाको सम्मानमा शैक्षिक अक्षयकोष स्थापना गर्ने निर्णय गर्नुभएको हो । झिमरुक गाउँपालिका–४ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा बुवा बेगम जिसी र आमा चुमकला जिसीको नाममा ‘बेगम–चुमकला शैक्षिकवृत्ति अक्षयकोष’ स्थापना गरिएको हो ।

शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा जिसी परिवारले अक्षय कोषका लागि १ लाख १ हजार १ सय ११ रुपैयाँको चेक विद्यालयलाई हस्तान्तरण गरेको छ । परिवारका अनुसार अक्षयकोषबाट प्राप्त हुने ब्याज रकमलाई आर्थिक अवस्था कमजोर तथा विपन्न विद्यार्थीको शिक्षामा सहयोग पु¥याउने उद्देश्यले छात्रवृत्तिका रूपमा उपयोग गरिनेछ ।

परिवारका सदस्य तथा चुमकलाका नाति मनोज कुमार जिसीले नयाँ पुस्तालाई सकारात्मक सन्देश दिने तथा आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन सक्ने विद्यार्थीलाई सहयोग पु¥याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको बताउनुभयो । उहाँका अनुसार जन्मोत्सवका अवसरमा गरिने परम्परागत खर्चलाई सामाजिक तथा शैक्षिक क्षेत्रमा उपयोग गर्ने उद्देश्यले परिवारले यस्तो निर्णय गरेको हो ।

शिक्षाको क्षेत्रमा गरिएको सहयोगले आर्थिक अभावमा रहेका विद्यार्थीलाई अध्ययनमा निरन्तरता दिन सहयोग पुग्ने विश्वास गरिएको छ । अक्षयकोषले विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई आगामी दिनमा छात्रवृत्ति उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक कर्णबहादुर जिसीले छात्रबृत्ति स्थापना गरि गरिएको योगदानले विद्यार्थीको शिक्षामा सहयोग पुग्नुका साथै भावी पुस्ताका लागि समेत प्रेरणाको स्रोत बन्ने बताउनुभयो ।

व्यक्तिगत जन्मोत्सवलाई सामाजिक सेवासँग जोड्दै अभिभावकको सम्मानमा शैक्षिक अक्षयकोष स्थापना गर्ने परिवारको पहलले शिक्षा क्षेत्रमा सहयोग गर्ने संस्कारलाई समेत प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

Related Articles

Back to top button