गजल !

लोकेन्द्र जि.सी.

चोखो माया कस्तो हुन्छ, छोडेपछि थाहा होला
सितलताको मूल्य पिपल,गोडेपछि थाहा होला।

दोबाटोमा उभिएर बिचार गर केहिबेर
गन्तव्य त बाटो उल्टो ,मोडेपछि थाहा होला।

तिमी सोच्छौ सधै भरी,नाफा मात्र गर्न सक्छौ ,
नाफा घाटा सम्बन्ध त्यो,तोडेपछि थाहा होला।

हुँदा सम्म हेला हुन्छ,नपत्याउने खेला हुन्छ,
उनको मूल्य नाता अन्तै,जोडेपछि थाहा होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *