प्यूठान । उद्योगी व्यवसायीको छाता संगठन प्यूठान उद्योग वाणिज्य संघको निर्वाचनको मिति तय भएको छ ।
संघको १३ औं बैठकले जिल्लाका विभिन्न इलाका अधिवेशन सँगै जिल्ला अधिवेशनको मिति तय गरेको हो ।
इलाका अधिवेशनको तालिका यस्तो छ ।

इलाका अधिवेशन सकिएपछि जिल्ला अधिवेशन पुष १० गते गर्ने निणर्य भएको छ । सहमतिय आधारमा निर्वाचन सम्पन्न गर्न स्थायी समितिलाई समन्वय गर्न अधिकार दिएको छ ।
बैठकले पीडी मल्टिप्रपोज देविस्थानलाई एसोसियट सदस्यता दिएको छ । करदाता सेवा कार्यालय जस्पुरमा सञ्चालन भएको निःशुल्क हेल्प डेक्स मंसिर १५ गतेसम्म सञ्चालन गर्ने समेत बैठकले निणर्य गरेको छ ।






