> राजनीति > एमाले प्यूठान नगरकमिटीमा अध्यक्ष र सचिवमा ५/५ जनाको उम्मेदवारी


एमाले प्यूठान नगरकमिटीमा अध्यक्ष र सचिवमा ५/५ जनाको उम्मेदवारी

प्यूठान । नेकपा एमाले प्यूठान नगरपालिकाको कमिटी चयन हुन सकेको छैन । नेतृत्वका लागि आकांक्षी धेरै भएपछि सहमति जुट्न नसक्दा कमिटी गठन हुन नसकेको हो ।

 

एमाले स्रोतका अनुसार नगरकमिटीको अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा उम्मेदवारी दर्ता भएको छ । अध्यक्षका लागि ५ जना, उपाध्यक्षका लागि एक महिला सहित २ जना र सचिव पदका लागि ५ जनाले उम्मेदवारी दिएको स्रोतले जनाएको छ ।

 

 

सहमतिबाटै नेतृत्व चयनका लागि छलफल भइरहेकाे छ । तर सहमति जुट्न सकिरहेकाे छैन । सर्वसम्मत कमिटी गठन गर्न नेताहरूले प्रयास जारी राखेका छन् । पदाधिकारी बाहेकका सदस्यमा भने करीव करीव सहमति जुटिसकेकाे स्राेतकाे दावी छ ।

 

यसैबीच, गौमुखी गाउँपालिकामा पनि आकांक्षी धेरै हुँदा कमिटी गठन हुन सकेको छैन । राती अवेरसम्म सहमतीको प्रयास भएपनि टुंगो नलागेको एक कार्यकर्ताले जानकारी दिए । उनका अनुसार नेतृत्वका लागि धेरै उम्मेदवार हुँदा समस्या भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *