- सन्तोष रोका
विश्वभरि यतिवेला कोरोना भाइरस (Covid-19) को महामारीले विषम परिस्थिती श्रृजना गरेको छ । सारा संसार नै यस विरुद्धको लडाईमा मात्र केन्द्रित भै होमिएका छन् । यसवाट लड्ने एउटा मात्र अचुक उपाएको रुपमा सारा विश्वले नै लक डाउनलाई नै प्रभावकारी ढङवाट अगाडी वढाई रहेको अवस्थामा, सम्पुर्ण शक्तिहरु अहिले लक डाउन सफल पार्नमा नै लगाइएको छ । आज नेपाल पनी लक डाउनकै माध्यमबाट गुज्रीरहेको छ ।
पर्ख र हेरको नीतिलाई आत्मसात गर्दै अगाडी बढिरहेको छ । लकडाउन कहिलेसम्म भन्ने कुनै एकिन नै छैन । नेपाल सरकारले पनि चैत्र ११ गतेदेखि सवैलाई जो जहाँ जस्तो अवस्थामा छौ त्यहि बस, भौतिक दुरी कायम गर, आफु पनि वाचौ अरुलाई पनि बचाऔ भन्दै लक डाउन सुरु गर्ने निर्देशन जारी ग¥यो । तर यो निर्देशन आउन नपाउदै अघिल्लो ९ र १० गते हरेक क्षेत्रका वसपार्कहरुमा मानिसहरु खचाखच भरिन थाले कतिले त असुरक्षित यात्रा गर्न समेत पछि परेनन् भने कतिले टिकट समेत पाउन सकेनन ।

यतिवेला कोरोना त्रास भन्दा पनि आफनो गाउघर जान नपाउनेहरुको छटपटीको अवस्था विजोग छ । अझ खासगरि गाउघरलाई चटक्कै बिर्सेर शहरिया जिवन शैलीमा रमाउन आउनेहरु एउटा कोठा तथा सिमित क्षेत्र भित्र रहनेहरु पलपल तड्पिएका छन । पलपल ती गाउँघर, पलपल ती पाखा पखेरा सम्झिएका छन् । अनि भन्न थालेका छन्, वरु गाँउ नै जान्छु मर्नु परे गाँउमा नै मर्छु भन्दै लामो दुरी पनि पैदल यात्रा गर्दै विभिन्न वाधा अवरोध छिचोल्दै गाँउ नै जान थालेका छन ।
हजारौको संख्यामा सिमा पारि रहन वाध्य भएका छन् । आज फेरी पनि सवैलाई आफनै गाँउ ठाँउ नै प्यारो लाग्न थालेको छ । यस्तो परिपाटी अहिले मात्र हैन २०७२ सालको भुकम्प जाँदा होस या विभिन्न विपत्तीको अवस्थामा हामी सवैलाई आफनै गाँउ नै प्यारो भएको छ । फेरी पनि अरु विपत्तीहरुमा पनि हामीलाई गाउ नै प्यारो हुनेछ । जव जव विपत्ती आई पर्दछ अनी गाँउ नै प्यारो हुने परिपाटी आखिर कहिलेसम्म ? आज हाम्रो यस्तै परिपाटीले गर्दा समग्र देशकै अर्थतन्त्र विग्रदै गएको छ । हामी आत्मनिर्भरता भन्दा पनी परनिर्भरता तर्फ अगाडी वढदै छौ ।
पक्कै पनि लक डाउन पछि मानिसको जिवन शैली, अर्थोेपार्जन तथा समग्र देशकै अर्थतन्त्रमा पार्ने यसले प्रत्यक्ष असर सजिलै आँकलन गर्न सकिने भएको छ । किनभने रेमिट्यान्सको ठुलो हिस्साले धानिएको यो मुलुक अव पक्कै सजिलो हुने अवस्था देखिदैन ।
परनिर्भरताले चलेको यो मुलुक यस्ता महाविपत्तीबाट पाठ सिक्दै अव आत्मनिर्भरताको बाटो रोज्नुको विकल्प छैन । यहाँ साच्चि कै चाहने हो भने जे पनि फलाउन सकिन्छ । प्रकृतिले साथ दिएको यो उर्वरभुमी छ । तर विडम्वना हामी उर्वरभुमीलाई लत्याएर खाडीको भुमिमा रमाइरहेको छौ । हाम्रा कति खेतवारी, कान्लाहरु बाँझै छन वरु ती सवै खेतबारी कान्ला सस्तो मुल्यमा हामी वेच्न पछि पर्दैनौ तर हामी ऋण धन गरेर भए पनि सानो टुक्रो शहरमा जोड्न मरिहत्ते गर्छौ । आज शहरको जग्गाको मुल्य त्यसै आकाशिएको हैन । यस्को मुख्य जिम्मेवार पनि हामी नै हो ।
पल्ला घरे कान्छाले श्रीमती सहित छोरा छोरी शहरा पढाउन लग्यो रे भन्दै अर्का माइला पनि त्यसैको सिको गर्दै श्रीमती सहित छोराछोरी शहरमा दौडाएका छन् । यसरी कान्छी, साइली, माइली सवै दौडिसके । गाँउघरका खेतवारी कान्लाहरु अहिले बाँझै छन् । गाँउघर पुरै शुन्य छ । वुढा वा आमाहरु वाहेक गाँउघरमा अरु मान्छे भेट्न मुश्किल पर्दछ । आफनो जिउ ज्यानले धानेसम्म बाआमाले खेतीवारी धानेको छन । अनी त्यहि वुढा बाआमाले उव्जाएको अन्नपात शहरमा मगाएर रमाउने हामी ।
हिजो जुन माटोमा जन्मियौ, जुन माटोमा हाम्रा वालापन विते तर त्यहि माटोमा हामी संभावना कहिल्यै देखेनौ । मात्र विपत्तीको सारथी वनायौ गाँउलाई हामीले । तर आज त्यहि माटो जीवनको सारथी बन्दै छ । हामी समस्याको हिसावले चित्रण मज्जाले ग¥यौं आफनो गाँउलाई । अव सम्भावनाको हिसावले अवसरको हिसावले चित्रण गरौ । एक चोटी गम्भिर भै सोचौ त सामान्य प्याजको हाहाकार हुँदा हामी त्यहि प्याज हामी आफनै माटोमा उव्जाउन सकेनौ । बरु महंगी नै सह्यौ । आज आलु होस, गोलभेडा वा लसुन होस् साना–साना कुराहरुमा हामी अरुको मुख ताक्नु परेको छ । हाम्रो घरको भान्सामा दैनिक उपयोग हुने वस्तुहरु हेरौ त सवै आयातित । यसरी कहिलेसम्म चल्ने ? अव त स्थानीय सरकार हाम्रो टोलटोलमा छ । यी स्थानीय सरकारहरुलाई बलियो वनाऔ । गाँउ ठाँउको विकास निर्माण कार्यलाई अर्थपुर्ण वनाऔ । गलत कार्यहरु छन् भने खवरदारी गरौ । जहाँ जे सकिन्छ उत्पादनमा जोड गरौ । विपतको वेला मात्र नभई हरेक वखत गाउँलाई माया गरौ । आफनो गाँउ आफै वनाऔ । पक्कै सम्भव छ । हाम्रै पालामा । अनि भन्नेछन पक्कै पनि हाम्रा सन्ततीहरुले वाह । कति सुन्दर हाम्रो गाऊ । विपतको वेला मात्र हैन हरेक वखत प्यारो वनोस गाऊ …..
