साहित्य सृजना

गजल !

सुरेशकुमार पाण्डे

अर्कैले बनाएको मञ्चमा घन्टौ भुकेर क्रान्ति हुँदैन,

साँच्चै भन्छु थर थर डरले सदै लुकेर क्रान्ति हुँदैन।

बर्गिय आन्दोलन भयानक हुँन्छ ईतिहाश हेर तिमी,

साम्राज्यावाद, बिस्तारवाद सँग झुकेर क्रान्ति हुँदैन।

भन्छौ क्रान्तिकारी गर्छौ पलाटिङ्ग भूमाफिया जस्तै,

यसरी सदैभरी ब्यबहारमा हामी चुकेर क्रान्ति हुँदैन।

हो हामि पनि आएकाछौँ बिदेशीमा पाखुरा बझार्छौँ,

मिहेनत गर आर्कोको कलो लाई ढुकेर क्रान्ति हुँदैन।

 

चाहिन्छ संगठन अनि बिधिकै बिधान मिल्दो जुल्दो,

यसरी क्रान्तिकारी बाहककै मूल सुकेर क्रान्ति हुँदैन।

निकाल्छौ सदियौँ कपालको छाला नीति नियम को,

आर्कालाई मैलो भनी आकासमै थुकेर क्रान्ति हुँदैन।

Related Articles

Back to top button