साहित्य सृजना

गजल !

सुरेशकुमार पाण्डे

दलालहरु यो देशै भरी भएपछि के लाग्छ,
देशमा उनैको मन परी भएपछि के लाग्छ।

खान लाउँनमा नागरीक आफ्नो देश भित्र
उनैको आदेश खरखरी भएपछि के लाग्छ।

हिँजो हाम्रो बाले राणा बिरुद्धमा लड्नु भो,
उस्तै साशननै घरी-घरी भएपछि के लाग्छ।

हो म पनि राजतन्त्रको बिरुद्धमा लडेकै हौँ,
याँहा देशभक्तको खडरी भएपछि केलाग्छ।

गरिबका दिन त उस्तैछन अहिले पनि हेरौँ,
घर घरमै आँसुको झरी भएपछि के लाग्छ।

छैन न्याय निसाब सम्बिधानमा भएर केभो,
जे पनि सिमानै तरी तरी भएपछि के लाग्छ।

Related Articles

Back to top button