प्युठानको झिमरुक गाउँपालिकामा कोरोना जोखिमकै बेला पालिकाको विकास निर्माणका काम निरन्तर अघि बढिरहेका छन् । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै विकास निर्माणको काम समेत अघि बढेका छन् । झिमरुक गाउँपालिका प्यूठानका अध्यक्ष तिलक बहादुर जि.सी. राष्ट्रिय जनमोर्चाबाट निर्वाचित हुनुभएको हो । अध्यक्ष जि.सी.सँग कोरोना जोखिमको अवस्था र समग्र पालिकाको विकास निर्माणको विषयमा गरिएकोकुराकानीको सार संक्षेप ः
झिमरुक गाउँपालिकामा कोरोनाको पछिल्लो अवस्था के छ ?
अहिले त्यति बढी देखिएको छैन । एक चरण गाउँमा मानिसहरु विरामी भए । विरामी मध्ये बढी समस्या भएका व्यक्तिहरुको जाँच गर्दा धेरैमा कोरोना देखिएको थियो । कतिपय मानिसले जाँच गराउन पनि मानेनन् । कोभिड देखिन्छ भनेर पनि मानिसहरु जाँच गराउन डराएको अवस्था थियो । अहिले धेरै जसो विरामी निको भइसकेको अवस्था छ । अहिले गाउँमा विरामी भएको खवर आएको छैन । एक दुई जना संक्रमित भएपनि त्यति बढी छैन ।
नियन्त्रणका लागि पालिकाले के कस्तो काम गरेको छ ?
नियन्त्रणका लागि पहिलो कुरा जनचेतना फैलाउने काम ग¥यौं । गत वर्ष गठन भएका पुराना समितिलाई सक्रिय बनाएर बाहिरबाट आएका मानिसलाई अनिवार्य १० दिन होम क्वारेन्टाइनमा सुरक्षित रुपमा राख्ने, घरपरिवार, गाउँघरमा सम्पर्क नगर्नका लागि परिचालन गरियो । शिक्षक, कर्मचारी, आमा समुह, महिला स्वास्थ्य स्वयंसेविका, प्रतिकार्य समुहहरु सवैलाई सक्रिय बनाएर गाउँगाउँमा हामीले त्यो काम ग¥यौं । त्यसले मानिसहरु सुरक्षित रहे । बाँकी विरामीका लागि अस्थायी कोभिड अस्पताल रहेको छ । त्यसमा एमविविएस डाक्टर, स्टाफ नर्स राखेका छौं । पाँच बेड अहिले छ त्यसमा अक्सिजनको व्यवस्था पनि छ । आवश्यक परेमा बेड थप्न सकिने अवस्थाको छ । १÷२ जना भन्दा बढी भर्ना गर्न परेको छैन । कतिपयलाई यहि र कतिपयलाई जिल्ला अस्पतालमा समेत पठाउने गरेका छौं । जटिल अवस्था देखिएको छैन ।
कोरोनाकै बीच विकास निर्माणको काम के भइरहेको छ ?
विकास निर्माणको काम निरन्तर भइराखेका छन् । पहिले टेण्डर भएका, उपभोक्ता मार्फत गरिने पनि काम भएका छन् । उपभोक्ता मार्फत गरिने काममा एउटै टोलका व्यक्तिहरु दुरी कायम गरेर सुरक्षा सावधानी अपनाएर गरिराखेका छन् । ठेक्काको काम पनि मजदुरहरुको समुह एकै ठाउँमा बस्छन् । एकै ठाउँमा खाने बस्ने र काम गर्ने अवस्था छ । त्यस्तो रोकिएको चाहिँ छैन ।
समग्रमा पालिकाले कस्ता योजनालाई प्राथमिकतामा राखेको छ ?
हाम्रा भौतिक योजनाहरु प्रारम्भिक चरणमा थिए । ती मध्ये धेरै बाटाहरु थिए । शुरु शुरुमा भौतिक योजनालाई प्रारम्भिक रुपमा पुरा गर्नुपर्छ भनेर लाग्यौं । बाटा बनाउने, खानेपानी बनाउने, सिंचाई कुलाहरु बनाउने योजनालाई प्राथमिकता दियौं । अहिले हाम्रो झिमरुकमा करीव करीव प्रारम्भिक रुपमा सवै सम्पन्न भएको अवस्था छ ।
अब हामीले त्यसलाई दिगो विकास गर्नुपर्छ भनेर रणनीती बनाएका छौं । अब आगामी दिनमा ठूला ठूला योजनाहरु स्तरोन्नती गर्ने, आर्थिक रुपमा पनि दिगो विकास गर्नुपर्छ भनेर विभिन्न पकेट क्षेत्र बनाउनुपर्छ भन्ने हामीले सोंचेका छौं । बाख्रा पकेट क्षेत्र, तरकारी पकेट क्षेत्र फलफुल पकेट क्षेत्र, मकैका पकेट क्षेत्र बनाउने हामीले सोंचिराखेका छौं ।
उत्पादन शक्तिको समस्या पनि छ । हाम्रो झिमरुकमा मात्र नभएर यो देशैभरीको समस्या हो । उत्पादन शक्ति बाहिर पलायन हुँदा घरमा बालबच्चा र बुढाबुढी बाहेक अरु मान्छे नहुँदा त्यसलाई कार्यान्वयन गर्न समस्या भइराखेको छ ।
पालिकाको काम गर्न के–के कुरामा समस्या छ ?
विकासलाई बुझ्ने चेतनाको अभाव छ । पर्यटनको कुरा, विद्यालय, शिक्षा, स्वास्थ्यका कुरा सरकारको योजना भित्र छन् । सरकारले बनाएका यी योजनाहरुलाई जनताले अपनत्व लिन सकेका छैनन । आफूले चाहेका योजनालाई मात्र अपनत्व दिने गरिन्छ । सरकारले बनाएका ठूला योजनालाई नबुझ्ने खालको समस्या छ । त्यो समाधान गर्न अलि समय नै लाग्छ । त्यसबाहेकका जटिल समस्या देखा परेका छैनन् ।
झिमरुक गाउँपालिकाले नमुनाको रुपमा आफै कृषि फार्म सञ्चालन गरेको छ । यसलाई कसरी लिनुभएको छ ?
कृषकहरुलाई लगेर १÷२ वर्ष कृषि भ्रमणमा गयौं । भ्रमणका क्रममा हामीले यस्तै फर्महरु हे¥यौं । हजारौं रुपियाँ खर्च गरेर त्यो फर्म हेरेर आउने, किसानलाई कृषिका विभिन्न कार्यक्रमहरु हुने, हलमा तालिम दिने, खाजा खुवाउने, भत्ता दिएर पठाउने तर ती किसानले काम केहि नगर्ने अवस्था रह्यो । त्यो अवस्था भएपछि यसलाई परिवर्तन गर्नुपर्छ भनेर हामीले जग्गा भाडामा लिएर कृषकहरुलाई तालिमको साथसाथै व्यवहारीक तालिम पनि दिने गरि तालिम केन्द्रको रुपमा यो फर्म सञ्चालनमा छ । यसबाट किसानले धेरै सिकेका छन्, लाभ पनि लिएका छन् । यसले किसान उत्साहित भएका छन् र यसबाट गाउँपालिकालाई पनि फाइदा भएको छ । राम्रै भएको छ ।
निर्वाचनका बेला तपाईले अघि सार्नुभएको योजना अहिलेसम्म के कति पुरा भए त ?
हामीले अघि सारेका धेरै कुराहरु पुरा गर्न सफल भएका छौं । बाटो निर्माणको सोंच राखेका थियो ति सवै बनायौं । विद्यालयलाई कस्तो बनाउने भनेर योजना बनाएका थियौं त्यो पनि धेरै हल गरेका छौं । जनतालाई समस्या थियो पैसा उठाएर शिक्षक राख्नुपर्ने अहिले ६२÷६३ जना शिक्षक राखेका छौं । क्यापसलाई पनि ध्यान दिएका छौं ।
कृषकहरुका लागि पनि हामी धेरै कार्यक्रम गरिसकेका छौं । यहाँकाृे उत्पादन राख्नका लागि कोल्ड स्टोर बनाउने भनेर भनेका थियौं । विशेष अनुदानमा संघ÷प्रदेशमा दुई वर्ष प्रस्ताव ग¥यौं हामीलाई प्राप्त भएन । समपुरक योजनामा माग गरेर त्यो योजना परेको छ । सिंचाई कुला बनाइदिने कुरा गरेका थियौं । त्यसमध्ये धेरै सिंचाई कुला बनाइसकेका छौं । सवैभन्दा ठूलो चार किलोमिटरको सिंचाई कुलो वडा नम्वर ३ मा बनाएका छौं । स–साना थुप्रै कुलोहरु हामीले बनाएका छौं । अहिले किसानहरु धेरै खुशी छन् ।
हामीले घोषणा गरे अनुसार ४ वर्षमा धेरै कामहरु भएका छन् । ४०÷४२ रोपनी जग्गा सरकारको नाममा ल्याउन सफल भयौं । जहाँ चार वटा ६०÷६० लाखका वडा कार्यालय बनाइसकेका छौं । ८ करोडको गाउँपालिका भवन सम्पन्न हुँदैछ । यसले गर्दा कार्यालय व्यवस्थापन गरिसकेका छौं ।
अव भनेको दिगो विकास हो । प्रारम्भिक खालका योजना झिमरुकमा धेरै सम्पन्न भइसकेको अवस्था छ । अहिले योजना पनि बनाउँदै छौं । ठूला योजना माग हुन छोडिसकेका छन् । साना साना योजनाहरुको माग आएका छन् ।
खानेपानीका योजना पनि हामीले गर्न सक्ने हामीले गरिराखेका छौं । नसक्नेलाई केन्द्र÷प्रदेशबाट माग गरेर अहिले योजना बन्दैछन् । तोरवाङ, तुषारा, ओखरकोट, बाँदिकोट, सौतामारेमा लिफ्ट खानेपानीका योजनाको काम भइराखेका छन् । धेरै ठाउँमा केन्द्र र प्रदेशबाट ठूला लिफ्ट खानेपानी योजनाको काम भइराखेका छन् । साना साना हामीले गरिराखेका छौं ।
हाम्रो कार्यकालमा ढाँडमा पक्की पुल बनेको छ । हुन त त्यो अलि पहिले नै योजनामा परेको थियो । विविध कारणले गर्दा ढिलासुस्ती भएको थियो । केन्द्र र प्रदेश सरकारसम्म पुगेर प्राविधिक र ठेकेदारबीच सहमति गराएर पुल अहिले सम्पन्न भइसकेको छ ।
तपाईहरुले गरेको कामबाट स्थानीय कत्तिको सन्तुष्ट भएको पाउनुभएको छ ?
हाम्रो अगाडी जनताले राम्रो गर्नुभएको छ भनेर भनिरहनुभएको छ । त्यो त बाहिरबाट पनि बुझ्ुने हो । हामीले त हाम्रो काम राम्रोसँग गरेका छौं जस्तो लागेको छ । जनताहरुसँग विभिन्न समयमा सल्लाह सुझाव पनि माग्ने गर्छौं । तपाईहरुले यस्तो नराम्रो काम गर्नुभयो भनेर भनेका छैनन । गाउँपालिकामा खरको छाना मुक्त गर्ने योजना बनाएका थियौं, त्यो पनि यो वर्षबाट पुरा हुँदैछ ।
स्थानीय तह सञ्चालन गर्दा के कस्तो चुनौती पाउनुभयो ?
स्थानीय तह सञ्चालनमा पहिलो कुरा त कार्यालय व्यवस्थित नहुँदासम्म हामीलाई साह्रै समस्या भयो । जनतालाई पनि समस्या भयो । कर्मचारीहरु पनि नयाँ, व्यवस्था नयाँ यी सवै कुराले गर्दा १÷२ वर्ष हामीलाई समस्या नै भयो । के गर्ने के नगर्ने ? ती सवै कुरामा क्लियर हुनलाई पनि समस्या भयो । पछिपछि हाम्रा कार्यालयहरु पनि व्यवस्थित ग¥यौं, कानुनी कुरामा पनि प्रष्ट हुँदै गएपछि अहिले त्यस्तो समस्या छैन । हामीले सेवाग्राहीलाई छिटोभन्दा छिटो सेवा दिनुपर्छ भनेर कर्मचारीलाई प्रशिक्षण गरिरहेका छौं । भइ रहेको पनि रहेको छ ।
भुक्तानन्ीको क्रममा कतिपय उपभोक्ताले विल भरपाई मिलाउन नजानेर १÷२ पटक फर्किनु परेको छ । त्यो कुरा उहाँहरुले आफै महशुस गर्नुभएको छ । यो विषयमा पनि सवैलाई प्रशिक्षण तालिम त दिन्छौं । सवै उपभोक्ता शिक्षित नहुँदा समस्या भएपनि त्यसलाई उहाँहरुले महशुस गर्नुहुन्छ ।
स्थानीय तहलाई थप सक्षम बनाउन के गर्नुपर्ला ?
स्थानीय तहलाई सक्षम बनाउनु भनेको स्थानीय तह आफ्नो खुट्टामा उभिने हो । त्यसका लागि अर्थतन्त्रको राम्रो विकास गर्ने हो । हाम्रो जस्तो पहाडी क्षेत्रमा उद्योगधन्दा, कलकारखाना खोलेर आफ्नो खुट्टामा उभिने सम्भावना छैन ।
हामीले कृषि र पर्यटनलाई प्रर्वद्धन गर्न सक्यो भने हुनसक्छ । कृषिको सवालमा उत्पादन शक्तिको पलायनले गर्दा ठूलो समस्या निम्तिदै गएको छ । बैदेशिक रोजगारीको तुलनामा कृषिमा गरिएको मेहनत अनुसारको आम्दानी नहुदा युवाहरु पनि आर्कषित छैनन । विदेश नै जानुपर्छ, रातारात दाम कमाउनुपर्छ भन्ने मानसिकताले गर्दा समस्या छ ।
स्थानीय तह आफैमा बलियो, सक्षम र आत्मनिर्भर हुनका लागि नेपालको सन्र्दभमा चुनौती नै छ । हाम्रो आन्तरीक आम्दानी ५०÷५२ लाख हो । त्यो रकमले के गर्न सकिन्छ र ? यस्तो खालको अवस्था छ । विकास हुँदै जाने क्रममा उत्पादन बढ्दै गयो भने यहाँका बस्तु बाहिर पठाउन थाल्यौ भने बल्ल हुने हो । अहिले तत्काल त्यो सम्भावना देखिन्न ।
