> राष्ट्रिय > समुदाय-प्रहरी साझेदारी कार्यक्रम, पुर्व प्रहरीलाई कृषि तालीम


समुदाय-प्रहरी साझेदारी कार्यक्रम, पुर्व प्रहरीलाई कृषि तालीम

प्युठान । प्युठानमा समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पुर्व प्रहरी र अमर प्रहरीका परिवारलाई आय आर्जनमा जोड्न थालिएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानले जिल्लामा रहेका पुर्व प्रहरीलाई कृषि सम्बन्धि तालीम दिएर उनिहरुलाई आय आर्जनमा जोड्न लागेको हो ।

 

नेपाल पुर्व प्रहरी संगठन प्युठानका अध्यक्ष मोहनसिंह विष्टले पछिल्लो समय पुर्व प्रहरी संगठित हुनेक्रम बढेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयसंग मिलेर अभियान चलाएको उहाले बताउनुभयो ।”कृषिमा जोडेर आय आर्जन गर्न सकिन्छ, उहाँले भन्नुभयो, “पुर्व प्रहरिले घर बसेर समय खेर फाल्ने गरेका छन ।” यो अभियानले कतिपय पुर्व प्रहरीको आनीबानीमा सुधार ल्याउने अध्यक्ष विष्टको भनाई छ ।

शुक्रवार प्युठान नगरपालिकाको मरण्ठानामा भएको कार्यक्रममा
एकीकृत कृषि तथा पशुपन्छी बिकास कार्यालयका निमित्त प्रमुख उमेशचन्द्र श्रेष्ठ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई प्युठानका प्रमुख चुमानसिंह गिरीले स्थलगत प्रशिक्षण दिनुभएको छ ।

 

प्रमुख गिरीले जिल्लामा ६ वर्षदेखि धान खेतीमा र ३ वर्षदेखि तरकारी खेतीमा काम गर्दै आएको जानकारी दिनुभयो । जिल्लाको कृषि उत्पादन बढाउन पुर्व प्रहरीले कृषि क्षेत्रमा योगदान पुर्याउन सक्ने बताउनुभयो ।

 

कार्यक्रममा प्रहरी नायब उपरीक्षक इश्वर थापाले कृषि कार्यालयहरुसंगको सहकार्यमा पुर्व प्रहरीलाई तालीम दिन थालिएको बताउनुभयो । समुदायमा सक्रिय रहेका पुर्व प्रहरीलाई कृषिमा जोडेर आय आर्जनसंगै समाजलाई सहि बाटोमा हिडाउन सहयोग पुग्ने उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *