प्युठान । यहि फागुन ४ गतेदेखि हुन गइरहेको लुम्बिनी प्रदेश स्तरीय कृषि, पर्यटन, ऊर्जा तथा औद्योगिक व्यापार मेला, स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सव २०७९ को अवसरमा बृहत नृत्य प्रतियोगिता प्यूठान डान्स आईडल संचालन हुने भएको छ ।
आईडलका लागि पालिका स्तरिय अडिसन गर्न लागिएको प्यूठान डान्स आईडल व्यवस्थापन समितिका संयोजक प्यार अलि खानले बताउनुभयो । आइडलले ५५ हजार ५५५, फस्ट रनरअपले ३३ हजार ३३३ र सेकेन्ड रनरअपले २२ हजार २२२ रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो ।
पालिका स्तरीय अडिसन माघ २१ गते सरुमारानी गाउँपालिकाको बड्डाँडा, माघ २२ गते माण्डवी गाउँपालिकाको जस्पुर, माघ २३ गते स्वर्गद्धारी नगरपालिकाको जलुके, माघ २४ गते ऐरावती गाउँपालिकाको बरौंलामा हुँदैछ ।
त्यसैगरी, माघ २५ गते गौमुखी गाउँपालिकाको ठूलावेशी, माघ २६ गते झिमरुक गाउँपालिकाको मच्छी, माघ २७ गते नौबहिनी गाउँपालिकाको बाहाने, माघ २८ गते मल्लरानी गाउँपालिकाको चुँजाठाँटी र माघ २९ गते प्यूठान नगरपालिकाको जुम्रिमा गर्ने समितिले जनाएको छ ।
