> साहित्य सृजना > लघु कथा: अप्ठ्यारो बाटो !


लघु कथा: अप्ठ्यारो बाटो !

सुरेशकुमार पाण्डे

मानिसहरु लाई बनि बनाउँ बाटोमा हिँड्न धेरै सजिलो हुँन्छ।अपठ्यारो बाटो धेरैलाई अरुचि हुन्छ त्यो सहिछ वा गलतछ त्यसबारे उनिहरुले मुल्यांकन गर्ने कसि पनि त्यहि परमपरा गत तुलो हुन्छ।त्यसैले गर्दा मानिसले जिवन र जगतको अध्यायन गर्न सकि राखेका हुँदैनौँ।र उनिहरु त्यहि बाटो हिँड्दा हिड्दै गनतब्य बिहिन हुनपुग्छन।यो हाम्रो समाजको वास्तबिकता हो,शंघर्षशिल बाटो भनेको त अपठ्यारो र चुनौति पुर्ण हुँन्छ त्यो चुनौतिलाई स्विकार्ने आँट पनि हर कसैको हुँदैन त्यो त्यँहाको माहोलले त्यसको अंश सफल बिफलताको रुपरेखा कोर्दछ त्यो स्वभाबिक पनि हो।तर हिम्मत र आँट भने गर्नै पर्छ।

हामिले भबिश्यमा त्यो चुनौतिलाई स्विकार्दै आएको ईतिहाशछ।समाज भित्र घर जमाएर बसेका कुरितिहरु लाई पन्छाउँन धेरै अपठ्यारो हुँन्छ तर त्यो कुरितिलाई अगाल्न धेरै सजिलो हुन्छ।त्यसकारण हरकसैले त्यो कुरितिले समाजमा पर्ने असरलाई होईन आफ्नो सौलियतको लागि अपनाएका हुन्छन।एका तिर उनिहरुलाई कुरितिले दास बनाई रहेको हुन्छ र भ्रममा पारिरहेको हुन्छ तरपनि त्यो यथार्थलाई उनिहरुले सहर्ष स्विकार्न सक्दैनन् किनकी त्यो आफैमा शंघर्षको बाटो हुन्छ ।

हाम्रो समाज पछि रहनु बिकास नगर्नुको पछाडि त्यो कथित परमपरा पनि जिम्मेवारछ।हामिलाई थाहा छैन हामि बिस्तारै त्यहि घुम्तिमा आएर फसेका हुन्छौ जँहा हाम्रा पूर्वजहरुको सपना आकंक्षाहरु दफन भयका हुन्छन ।  हामिले चाहेर पनि त्यो बुजुर्वा संस्कार बाट उम्किन सकेका हुँदैनौ जुन रितिरिवाजले हाम्रो दोहन गरेको हुन्छ।र भोली हाम्रा शन्ततिहरुको समेत दोहनगर्ने हथियार लाई हामिले बिस्तारै धारिलो पार्दै गयका हुन्छौँ ।

एउटा ब्याक्तिलाई आफ्नो साराजिवन कुसँस्कारका बिरुद्ध शंघर्ष गर्नलाई ठुलो त्याग गर्नु पर्छ र त्यागले बनाएको एउटा अंशलाई जोगाउँन त्यो भन्दापनि ठुलो शंघर्ष गर्नु पर्छ किन की बुजुर्व समाजमा जन्मिएका आफ्नै औलादपनि आफ्नो अभिभाबको त्याग बलिदानलाई अन्देखि गरेर त्यहि समाजमा रमाउँन चाहान्छन जुन समाजबाट सारा जिवन शंघर्ष गरेर आफ्ना सन्ततिको उज्वल भबिश्य बनाउँने अभिभाबकको आकंक्षा हुन्छ।त्यो बेला कति पिडा खेप्नुपर्छ त्यो पिडालाई नाप्न हरकसैले सक्दैनन् ।

हुँन ता हाम्रा बाउ बाजे यहि समाजमा हुर्के हामि र हाम्रा शन्तान पनि यहि समाजमा हुर्केका हौँ।तर बाउ बाजेको पाला जस्तै आज छैन र भोलि पनि आजको जस्तो अबस्था रहिरहन्न।तर जुँन कु सँस्कारका लागि हामि लड्यौ र लड्दैछौँ त्यो समाजको मुटुमा राज गरेर बिराजमानछ।त्यसैले त्यो सँग हामि निरन्तर लड्दै जानु पर्दछ ।

प्रगतिसिल बाटो छोप्न त्यति सजिलोछैन,अँझ अप्ठारो प्रगति सिल बाटोमा आफ्नो औलादलाई परिवारलाई डोराउँन हँन्छ,त्यो सारा आफ्निति समाज लाई डोराउँन छ।जुनकुराले बर्तमान समाजमा घर जमायकोछ र सदियौँ देखि मन मष्तिकमा आफ्नो राज गर्दै आएकोछ त्यसलाई त्याग्न ठुलो सहाश चाहिन्छ शंघर्ष गर्ने आँट हुनुपर्छ र बल्ल त्यो बाट हामिले एक प्रतिसत विजय हासिल गरेका हुँन्छौँ।त्यहि एक प्रतिसत हाम्रो जग ‘पायादान”हो त्यसैमा टेकेर आर्को पायामा पाईला चाल्नुपर्छ।बिस्तारै हामि तिनि सबै सामाजमा रहेका कुरितिका तगाराहरुलाई भाँच्न वा पन्छाउँन सफल हुँनेछौँ ।

आजको एक्काईसौ सताब्दिको वैज्ञानिक युगमा पनि पुराना रुढिवादी परमपरा लाई छाड्न सकेका हुँदैनौँ।हामिले कतै प्रगतिको नाममा छाडा र पश्चिमि संस्कृति अप्नाउँन पुग्छौँ।महिलाहरुलाई माडलको रुपमा उभ्भाएर उस्लाई आर्थिक उपार्जनको माध्याम बनाएका हुँन्छ।शुन्दिरी प्रतियोगितामा उनिहरुलाई एउटा ब्राँणकै रुपमा तर्साएका छन।आर्कातिर एउटि महिलालाई सामाजिक उत्पिडन दिएर परमपराको नाउँमा छाउ गोठ तिर पठाएकाछन । समाजमा बोक्सिनी भनेर उस्लाई अपहेलित गरेकाछन जो कतै अहिले सम्म बोक्सि मन्त्र कतै पुष्टि भयकोछैन।हाम्रो समाजले नभयका कथा मा आफुलाई डोराएर यथार्थ बिचारलाई लुकाउँछ।त्यो समाजमा नारिहरुको बेच बिखान हुन्छ,
एउटै कोख बाट जन्मिएका छोरा र छोरीमा कति धेरै अन्तरछ!अनुमान लगाउँ गारोछ । यस्तो हमाजले प्रगतिसिल बिवहालाई सिति मिति पचाउँन सक्दैन। तर पनि सचेत ब्याक्ति र बर्गले निरन्तर शंघर्ष गर्दै जानुपर्दछ।हामिले माथि भनि हक्यौँ एउटा खुड्किलाको लागि शंघर्ष गर्दै त्यो प्राप्त भयपछि त्यसैमा टेकेर आर्को खुड्किला को लागि शंघर्ष गर्नु पर्दछ।कतिपय साथिले सबै एकै साटो प्राप्त गर्ने आँटमा अंशको पनि उपक्षा गर्छन त्यो निश्चित रुपमा गलत बिचारहो।हामिले क्रमसै समाजलाई परिवर्तन गर्न सक्छौँ र त्यहि अपठ्यारो चुनौतिको सामना गरेर मात्र हामिले मूलबाटो बनाउँन सक्नेछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *