> साहित्य सृजना > आमा ! कति खुसि छु ?


आमा ! कति खुसि छु ?

लक्ष्मी मगर सङ्घर्ष

यहि ठाउमा जन्मिएर
यहि ठाउमा लडिबुडि गर्दै
आमा ! हजुरको दस धारा दूध पिएर
बनपाखा उकाली ओरालि
अनि भन्ज्याङ चौतारि गर्दै
हास्दै खेल्दै रुदै
कैले दु:ख कैले सुख झेल्दै
टोटेपोटे बोलिको सुरुवाट सँगसँगै
तातेताते गरि पहिलो पाईला चालेको
ठाउलाई छोडेर जादा
नसोध आमा! कति खुसि छु?

जहा, असिम मायाको खानि सुम्पदै
मेरो लागि रातभर अर्ध निद्रामा बस्ने
सानो चोट लाग्दा अताल्लिएर
धामि झाक्रि अस्पताल दौडिने
आफु भोकभोकै बसेर
पेट भरिदिने
गल्ति गर्दा हिर्काउने
रिसाउदा सम्झाउने फकाउने
नजानेको काममा पनि
नझर्किएर सिकाउने
धेरै बिगारेर थोरै सपारे त पनि
आहा भन्दै समाजसामु प्रशंसा गर्ने
आमाको साथ छैन
मेरै लागि रगत पसिनालाई
पानीमा मिसाई
नङ्ग्रा खियाउने
तातेताते गर्दा हात समाई
हिड्न सिकाउने
बुवाको साथ छैन
निश्चल अनि चोखो माया दिदै
हरेक काममा सघाउने
अझै अगाडि बढ्न साथ अनि हौसला दिने
दाजुभाई अनि दिदिबहिनीको साथ छैन
त्यहा,नसोध आमा ! कति खुसि छु !

यहाँ, बुवा आमा जस्तै सासू ससुरा त छन
दिदी बहिनी जस्तै नन्द आमाजु त छन
दाजुभाई जस्तै देवर र जेठाजु त छन
तर, मेरो बाल्यकाल छैन
बुवा आमाको झै असिम प्यार कहाँ पाउनु
बिरामी हुदा सुम्सुमाउने हात
दु:ख पर्दा दिने साथ कहाँ पाउनु
साथिसँगिहरुसँह रमाउदै
हास्दै खेल्दै डुल्न कहाँ पाउनु
मन दुखे पनि
चित्त नबुझेपनि कसले बुझिदिन्छ र
मनको कुरा
घुम्तो ओढाई
सिउदोमा सिन्दुरको धुलो चढाई
बिरानो बनाई, बिरानो ठाउमा पठाएर
नसोध, आमा ! कति खुसि छु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *