> समाज > अनलाइन निवन्ध प्रतियोगिता, विजेतालाई १० हजार पुरस्कार


अनलाइन निवन्ध प्रतियोगिता, विजेतालाई १० हजार पुरस्कार

प्यूठान, १७ चैत्र । नव वर्ष २०७८ सालको अवसरमा अनलाइन निवन्ध प्रतियोगिता आयोजना गरिएको छ ।

सुचना डवलि मिडिया प्रा.लिको आयोजनामा शिक्षाको आधुनिकीकरणमा शिक्षक, अभिभावक र विद्यार्थीको भुमिका विषयक अनलाइन निवन्ध प्रतियोगिता आयोजना गरिएको प्रा.लिका अध्यक्ष शिशिर के.सीले जानकारी दिनुभयो । सहभागी हुन चाहनेले चैत्र १५ गते देखि २५ गतेसम्म प्रा.लिको इमेलमा पठाउन सकिने उहाँले बताउनुभयो । भाषिक शुद्धता, शब्द छनोट लगायतका विषयलाई आधार मानेर मुल्याङ्कन गरिने उहाँको भनाई छ ।

 

निवन्धमा उत्कृष्ट एक जनालाई १० हजार पुरस्कार प्रदान गरिनेछ । विजेताको नाम २०७८ बैशाख १ गते गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागि हुने सहभागीको उमेर हद १५ देखि २५ वर्षसम्म तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *