लिला बल्लभ नेपाल
थोरै दुःख विना कहाँ जीवन जिबन्त छ र,
थोरै पीडा बिना कहाँ खुसी हास्न सक्छ र,
यहाँ सुख खोज्नेहरु पीडा किन्छन् पैसामा,
दुःख बेच्नेहरु मरिरहेछन् अधुरो बैंशमा ।
त्यसैले त मलाई थोरै खुसी धेरै पीडा चाहिएको छ,
पीडा पचाउनेहरुको पो खुसी रमाएको छ,
म त दुःख बेचेर खुसी किनिरहेको मान्छे,
संसारमा खुसी सँग आत्मसम्मान जगाइरहेको मान्छे ।
जति म रमाउँछु जीवनमा त्यती रुन सकिन कहिल्यै,
पीडा बाट भाग्न खोज्दा हाँस्न सकिन कहिल्यै,
जो अघाउँजी रोहेर प्रेमको गहिराईमा मस्त छ,
यमराज उसकै अघि झुकेको भान भईरहेछ ।
रोदन भित्र हराईरहेको म खुसी खोज्न कहि जानु परेन,
पीडा भित्र लुकेको खुशी कहिल्यै बेच्नु परेर,
आज सारा मान्छेहरुले रुन बिर्षिसके सायद,
रोदन भित्र लुकेको खुसी पो खुसी ।
