साहित्य सृजना

गजल !

सुरेशकुमार पाण्डे

आफ्नै देश नाङ्गेझार पार्न थाले नेताले,
लडेर आपसमै बोली बार्न थाले नेताले।

कम्युनिष्ट भन्छन आफुलाई लाज छैन,
आफ्नो बर्ग लडाएर मार्न थाले नेताले।

समतामुलक समाजवाद त भाषन मात्रै,
जनता लाई शंघर्षमा झार्न थाले नेताले।

नेतालाई देश जनताको कुनै चिन्ता छैन,
आफ्नो भबिश्य नै निखार्न थाले नेताले।

हामि त होँचा भएपनि वीर बहदुर थियौँ,
अब त बिलायति बिउ सार्न थाले नेताले।

बिदेशीहरु बिस्तारै धुरीमाथि पुगि सक्दा,
जाति क्षेत्रमा सन्तान पछार्न थाले नेताले।

सेते ले पनि नियाली रहेकोछ बिदेश बाटै,
नीजी स्वार्थमा युद्धमै उतार्न थाले नेताले।

Related Articles

Back to top button