साहित्य सृजना

गजल !

  • सुरेश कुमार पाण्डे

बा बा र आमाले जन्माए पाले ऐसाश छैन,
छोरा छोरीको लागि प्राण हाले ऐसाश छैन।

उनको परवरीशमा केके गरे जिवन भरीमा
भए भरीको दुखः कष्ट अंगाले ऐसाश छैन।

आज के मिल्थ्यो उनिहरुलाई बेहुला बेहुली
जनम दातालाई बृद्धाश्रम फाले ऐहाश छैन।

बगरको ढुङ्गा पुज्छन अचेल दिन रात उन्ले,
बा आमाकै छातिमा आगो बाले ऐसाश छैन।

कमाउँन जमाउँन त काँहो काँ सन्तानहरुले,
पृतक सम्पत्ती घर बार नै ढाले ऐसाश छैन।

आफ्नो शिक्षा त कालो अक्षर भैँसी बराबरी,
छोरा छोरीले ता संसार नियाले ऐसाश छैन।

अचेल भएको घरबारनै चुर्लुम रिणमा डुबदा,
छोराले जहाँन सडकमा बसाले ऐसाश छैन।

आखिर कुन माटाको बनेका रैछन छोरा हरु,
पुर्खौली सम्पत्ति ता सबै पखाले ऐसाश छैन।

बिढम्बनानै भन्नु पर्छ उन्को यो ब्यबहार हेर्दा,
कसैले नगरेको नयाँ काम थाले ऐसाश छैन।

Related Articles

Back to top button