> राष्ट्रिय > दुई प्यूठानीसहित थप २०१ जनामा कोरोना संक्रमण


दुई प्यूठानीसहित थप २०१ जनामा कोरोना संक्रमण

प्यूठान । दुई प्यूठानीसहित थप २०१ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित प्रेस व्रिफिङ मार्फत पछिल्लो २४ घण्टामा नेपालमा थप २०१ जना कोरोना संक्रमित भेटिएको पुष्टि गरेको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २३०० पुगेको छ जसमध्ये २७८ जना कोरोना निको भएर अस्पतालबाट डिस्चार्ज भैसकेका छन्

यस्तै आज थप एक जनाको कोरोना भाइरसबाट मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत दोलखा भिमेश्वर नगरपालिका २ का ७६ वर्षीय वृद्धको उपचारको क्रममा बुधबार मृत्यु भएको हो।

 

थप २ प्यूठानीमा कोरोना संक्रमण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!