प्यूठान, २१ जेठ । सुधा मा.वि. बंगलाचुली गाउँपालिका–५ झेलनेटा दाङ क्वारेन्टाईनमा रहेका दुई प्यूठानीमा कोरोना भाईरस संक्रमण पाइएको छ ।
माण्डवी गाउँपालिका वडा नं. २ मर्कावाङ प्यूठानका २० र २३ वर्षिय दुई पुरुषमा संक्रमण भएको माण्डवी गाउँपालिकाका सूचना अधिकारी अनिल अधिकारीले जानकारी दिनुभयो ।
गाउँपालिकाले संक्रमितलाई आईसोलेसनमा राख्न भन्दै माण्डवी गाउँपालिकालाई संक्रमित हस्तान्तरणको पत्र पठाएको छ ।
उनीहरु भारतबाट आएको बताइएको छ ।
