प्यूठान । विभिन्न मागसहित विद्यालय कर्मचारी परिषदले थालेको आन्दोलनलाई अखिल नेपाल शिक्षक संघले साथ दिएको छ । देशभरका कर्मचारीको तलव वृद्धि हुँदा विद्यालय कर्मचारीको तलव वृद्धि नभएको भन्दै परिषदले भदौ १ गतेदेखि आन्दोलन गर्दै आएको छ ।
सरकारले विद्यालय कर्मचारीलाई अन्यायपूणर् विभेद गरेको संघको ठहर छ । यसअघि सरकारले विभिन्न समयमा मागहरु सम्वोधन गर्ने सहमति गरेपनि कार्यान्वयन नगरेको महासंघको भनाई छ ।
संघका महासचिव चक्रपाणी पौडेलले प्रेस विज्ञप्ती निकालेर कर्मचारीको आन्दोलनमा साथ दिने भन्दै उक्त आन्दोलन सम्पूणर् शैक्षिक आन्दोलनमा परिणत हुनसक्ने चेतावनी समेत दिनुभएको छ ।