प्यूठान । माण्डवी गाउँपालिका जस्पुर प्यूठानको आयोजनामा मंगलबारदेखि चौथो अध्यक्षकप प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन सविधानसभा सदस्य नारायण प्रसाद अधिकारीले गर्नुभयो । उद्घाटनमा अधिकारीले उहाँले खेल क्षेत्र राष्ट्र र व्यक्तित्व विकासको लागि महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।
गाउँपालिका अध्यक्ष नमराज अधिकारी ‘रोसन’को अध्यक्षतामा भएको प्रतियोगितामा गाउँपालिका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी, रास्वपा प्यूठानका सभापति विकास पोख्रेल, नेकपा एमाले प्यूठानका अध्यक्ष विजयविराज विष्ट, नेपाली कम्युनिष्ट पार्टीका जिल्ला कार्यवाहक संयोजक बुद्ध बहादुर वस्नेत, नेपाल पत्रकार महासंघका प्युठानका अध्यक्ष श्रीराम भण्डारी, माण्डवी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष प्रकाश वलीले खेलकुद प्रतियोगिता सफलताको सुभकामना व्यक्त गर्नुभयो ।
नारायण जिसीले संचालन गर्नुभएको उद्घाटन कार्यक्रममा राजनैतिक दलका प्रतिनिधी, जनप्रतिनिधी, समाजसेवी, विभिन्न सरकारी कार्यालयका प्रमुख/प्रतिनिधी, बुद्धिजिवी, संचारकर्मी, खेलाडी, स्थानीय र सरोकारवालहरुको उपस्थिति रहेको थियो ।
माण्डवी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष धनेन्द्र कार्कीले स्वागत मन्तव्य राख्नुभएको प्रतियोगितमा पुरुष/ महिला भलिवल प्रतियोगिता पुरुष किक्रेट प्रतियोगित संचालन हुनेछ ।
विहिबार सम्म संचालन हुने प्रतियोगितामा ५ वटै वडाबाट पुरुष भलिवल तर्फ १० समुह, महिला भलिवल तर्फ ५ समूह र किक्रेट तर्फ ५ समुहको सहभागीता रहेको छ ।










