राष्ट्रियसमाज

माडीमा खस्दा साइकल सहित २ बालक बेपत्ता

प्यूठान, २४ साउन । स्वर्गद्वारी नगरपालिका-७ सोत्रेमा साइकल सहित २ वालक माडीमा खसेर बेपत्ता भएका छन् ।

स्वर्गद्वारी नगरपालिका -७ सोत्रेमा साइकल चलाउने क्रममा शनिवार साझ सडकबाट नदिमा खस्दा सोहि ठाउँका अन्दाजी १२ वर्षिय सन्जोक पार्दे र उनको साथि विपिन गौतम साइकलसहित बेपत्ता भएको स्थानियले बताएका छन् ।

अहिले स्थानिय सरकार, प्रहरी र स्थानियबाट खोजि कार्य भइरहेको स्थानिये जनाएका छन् ।

Related Articles

Back to top button