प्युठान । “हो हामी क्षयरोग अन्त्य गर्छौ” भन्ने मुल नाराका साथ बिश्व क्षयरोग दिवस आज मनाईदै छ । दिवसका अवसरमा स्वास्थ्य कार्यालय प्युठानले आज सन्चारकर्मीसंग अन्तरक्रिया गरि क्षयरोग अन्त्यका लागि पहल गर्न जोड दिएको छ ।
नेपालमा आर्थिक वर्ष २०८२/८३ सम्म नयाँ क्षयरोगी २४ प्रतिशतले कम गर्ने लक्ष्य लिएको छ भने मृत्युदर ६० प्रतिशतले कम गर्ने लक्ष्य रहेको छ ।
प्युठानमा गत वर्ष ४०२ जना क्षयरोगका बिरामी दर्ता भएका थिए भने यो वर्ष १५७ जना क्षयरोगका बिरामी दर्ता भएको निमित्त कार्यालय प्रमुख मधुसुदन खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार गत बर्ष १२ जनाको मृत्यु भएको थियो ।
कम्तीमा ६ महिना औषधी खाए निको हुने भएपनि बिरामीले नियमित औषधी नखाने, रोजगारीका लागि भारत जाने लगायतका समस्या देखिएको छ ।
बिएनएमटी र किड्स नेपालको सहयोगमा स्वास्थ्य कार्यालय प्युठानले कार्यक्रम आयोजना गरेको हो । निमित्त कार्यालय प्रमुख मधुसुदन खड्काको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जनस्वास्थ्य निरीक्षक कौशलराज बैधले गर्नु भएको थियो ।