> विचार > टिप्परमा गरिएको उद्धार : समन्वयको अभाव


टिप्परमा गरिएको उद्धार : समन्वयको अभाव

पछिल्लो साता भारतबाट आएका मानिसलाई जिल्लाका विभिन्न स्थानीय तहले उद्धार गरेर ल्याइरहेका छन् । उनीहरुलाई सीमानाकाबाट उद्धार गरेर आ–आफ्नो पालिकाको क्वारेन्टाइनमा राख्ने गरिएको छ । तर यसरी भारतबाट आएका मानिसहरुलाई टिप्पटर, ट्याक्टर, पीक अप लगायत गाडीमा उद्धार गरेको भन्दै स्थानीय तहको उद्धार शैलीको विरोध भएको छ ।

सयौं मानिस भारतको सीमामा अलपत्र परेको, लुकीछिपी आउन थालेपछि सीमा क्षेत्रका स्थानीय तहको समन्वयमा उद्धार थालिएको हो । जिल्लाका धेरै जसो स्थानीय तहले उनीहरुलाई जिल्ला ल्याउनका लागि टिप्पर, ट्याक्टर, पीक अप गाडीको प्रयोग गरेका छन् । भोकै प्यासै लामो समय सीमामा कुर्नुपर्दा आत्तिएका व्यक्ति जे जस्तो गाडीमा आएपनि राहतको महशुस भने गरेका छन् ।

यसअघि काठमाण्डौबाट डिलक्स बसमा उद्धार गरिएको र अहिले टिप्परमा उद्धार गरिएको भन्दै सामाजिक सञ्जालमा आक्रोस समेत व्यक्त भएका छन् । सामाजिक सञ्जालमा स्थानीय तह, यातायात व्यवसायीको समेत आलोचना भइरहेको छ ।

स्थानीय तहले गाडी नहुँदा त्यस्ता सवारी साधानमा उद्धार गर्नुपरेको तर्क गरेका छन भने यातायात व्यवसायीले आफूहरुसँग समन्वय नगरिएको प्रतिक्रिया दिएका छन् । जिल्लामा स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रालि र नमस्ते प्यूठान यातायात प्रालि सञ्चालनमा छन् । र पनि किन भारतबाट फर्केका व्यक्तिहरुले कष्टकर यात्रा गर्नुपरेको भन्दै प्रश्न उठेका छन् ।

जिल्लामा अहिले कोरोना संक्रमण देखिएको छैन । तर संक्रमण नदेखिएपनि जोखिमबाट जिल्ला मुक्त भने भएको छैन । अहिले भारतबाट उद्धार गरिएका व्यक्तिबाट कोरोना भित्रन सक्छ भनेर सतर्कता अपनाइएको छ । जिल्लामा कोरोना संक्रमणको जोखिमबाट बच्न र बचाउनका लागि विभिन्न निकायले आ–आफ्नो तरिकाले काम गरिरहेका छन् ।

यसबीचमा तालमेल भने एकअर्कामा देखिएको छैन । क्वारेन्टाइनको व्यवस्थापन राम्रो सँग हुन सकेको छैन । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, जिल्ला प्रहरी, स्वास्थ्य कार्यालय र स्थानीय तहबीच हुनैपर्ने सहकार्य र समन्वय देखिएको छैन । जसले गर्दा मानिसहरुको उद्धारमा समस्या देखिएको हो ।

अहिले विरोध मात्रै किन भन्ने प्रश्न पनि उठेको छ । विपद्को वेलामा कमीकमजोरी भइहाल्छन, विरोधै किन गर्नुप¥यो ? भनेर भन्ने पनि गरिएको छ र्। मासिनहरु हिड्दै आए भनेर समाचार लेखे, मानिसहरुको उद्धार भएन भनेर समाचार लेखे, उद्धार गरिएको गाडी सही भएन भनेर समाचार लेखे…’ आखिर जे गरेपनि किन पत्रकारले सकारात्मक रुपमा लिँदैनन ? भनेर भन्ने गरिन्छ ।

हो पत्रकारितामा सिकाइन्छ कि गिलास आधा खाली छ, आधा गिलास भरि पानी छ भनेर भनिदैन । त्यस्तै पत्रकारिताको एउटा मान्यता छ, जव एउटा पत्रकारसँग प्रश्न हुँदैन अथवा उसँग प्रश्नहरु सकिन्छ उसको पत्रकारिता पनि सकिन्छ । यसको अर्थ प्रश्न गर्नुपर्छ र उत्तर खोज्नुपर्छ । देखिएका समस्यालाई उजागर गर्नुपर्छ र आगामी दिनमा सहज वातावरण सृजना हुनसक्छ ।

अहिलेको विपद्को वेलामा स्थानीय तहले राम्रा काम गरेका छन् । सवै जिम्मेवारी स्थानीय सरकारको काँधमा परेको छ । यस्तो वेलामा स्थानीय सरकारलाई सवै सरोकारवालाको सहयोग आवश्यक छ ।

कोरोना कहर सकिएको छैन । उद्धार गरि ल्याइएका मानिसलाई व्यवस्थित क्वारेन्टाइनमा राख्न समस्या हुँदै गएको छ । त्यसको सहजताका लागि समेत हामीले सहयोग गर्नु आवश्यक छ । आगामी दिनमा थप मानिस भारत लगायत अन्य ठाउँबाट आउन सक्छन् । त्यसका लागि पनि जिल्ला स्तरीय विपद व्यवस्थापन समिति सहित पालिका स्तरका विपद व्यवस्थापन समितिको सक्रियता खाँचो छ ।
उद्धारकै कुरामा सवारी चालकको सुरक्षालाई प्राथमिकता दिनुपर्छ । व्यवसायीेले आफ्नो उत्तरदायित्व पुरा गर्नुपर्छ । जिल्ला भित्रिने मान्छे जिम्मेवार बन्नुपर्छ । स्थानीय सरकारले आफ्नो तयारीलाई व्यापक र तीव्र बनाउनु आवश्यक छ ।

तर पनि काम गर्ने शिलसिलामा हामीमा देखिएको एउटै समस्या भनेको समन्वय हो । समन्वयको अभावको बारेमा यसअघि सूचनाको आधिकारीक स्रोत के ? मा मैले लेखेको थिए । तर अझै समन्वय हुन सकेको छैन । जिल्लाका सरोकारवालाहरु ३६ नै छौं । ६३ बन्न जरुरी छ तव मात्र कोरोनाको जोखिमबाट बच्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!