विचार

सूचनाको आधिकारिक स्रोत के ?

[mashshare]

अहिले कोरोना संक्रमणको जोखिमले सवै जना सजग र सचेत बनिरहेका छन् । दैनिक संक्रमणको संख्या बढीरहेका बेला जिल्लामा पनि यसबारे चासो र चिन्ता थपिदै गएको छ । जसले गर्दा सूचना थाहा पाउन हामी एक कदम अगाडी बढिरहेका छौं ।

प्यूठानमा हालसम्म कुनै व्यक्तिमा संक्रमण देखिएको छैन । तर जिल्लामा १३ जना व्यक्तिमा ¥यापिड डाइग्नोष्टिक टेष्ट(आरडीटी) जाँचमा पोजेटिभ देखिएपछि जिल्लावासीको चिन्ता र चासोको विषय थप बढेको छ । आरडीटी पोजेटिभ आएका २ जनाको पीसीआरमा कोरोना नभएको पुष्टि भइसकेको छ । तर अहिले ११ जनाको रिपोर्ट प्रति सवैको चासो छ ।

विहीबारको घटना
प्यूठान नगरपालिकाको मरन्ठाना स्थित विभिन्न क्वारेन्टाइनमा बसेका ११ जनामा आरडीटी पोजेटिभ देखिएपछि उनीहरुसँगै रहेका १७ सहित २८ जनाको स्वाव नमुना संकलन गरि राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठान दाङमा पठाइएको छ । त्यसको नतिजा विहीबार दिउँसोसम्म आइपुग्ने भन्दै सवैले चासो राखिरहेका थिए ।

मैले पनि बेला बेलामा पीसीआर रिपोर्ट आयो कि नाई भनेर साथीहरु र स्वास्थ्य कार्यालयसँग सोधिरहेको थिए । तर चार बजेसम्म स्वास्थ्य कार्यालयमा रिपोर्टको जानकारी प्राप्त भइसकेको थिएन ।

बिहिवार पहिलो पटक रक्तदान गर्नका लागि ब्लड बैंक पुगेको थिए । जिल्ला अस्पतालमा उपचाररत एक सुत्केरी महिलालाई वी पोजेटिभ रगत आवश्यक परेकाले रक्तदान गरे । सँगै साथीहरु विजयसिंह भारती, प्रज्वल पहाडी र हरि बस्नेत हुनुहुन्थ्यो । रक्तदान गरेपछि पीसीआर रिपोर्ट आयो होला कि भनेर नजिकैको स्वास्थ्य कार्यालय गयौँ ।

कार्यालयमा पुगेर स्वास्थ्य कार्यालय प्रमुख विशाल सुवेदी, कौशल वैद्य, पुष्कल श्रेष्ठसँग भेट ग¥यौं । त्यतिन्जेलसम्म नजिता आइसकेको थिएन । कार्यालय प्रमुख सुवेदीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः फोन गर्नुभयो । यसअघि पनि फोन गरिरहनुभएको थियो । तर रिपोर्ट नआएको जानकारी आयो ।

प्रमुख सुवेदीलाई तारान्तार फोन आइरह्यो । पत्रकार साथी र अन्य व्यक्तिहरुले सुवेदीलाई फोन गरेर नतिजाको बारेमा सोधिरहेका थिए । सवैको रिपोर्ट नेगेटिभ आयो रे…… पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ? यस्तै यस्तै प्रश्न निरन्तर आइरहेको थियो । हामी त्यही बसेर यी सवै अवस्था बारे कुराकानी गरिरहेका थियौं ।

एकैछिनमा फेसबुकका भित्तामा देखिन थाल्यो, आरडिटी पोजेटिभ आएका ११ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ, प्यूठानको रिपोर्ट सबै नेगेटिभ यस्तै यस्तै । यस्तो आयो रे भन्दै हामी छलफल गर्दा सुवेदीले भन्नुहुन्थ्यो स्रोत कस्को राखेका छन् ? हामीलाई यहाँ रिर्पोट आइसकेको छैन कसरी जानकारी आयो । त्यसबीचमा पटक पटक प्रतिष्ठानको ल्याव, प्रशासन शाखामा सम्पर्क गर्दै आधिकारीक पुष्टि गर्ने काम सुवेदीले गरिरहनुभयो ।

एकैछिनमा प्रतिष्ठानको विज्ञप्ती आयो । जसमा १०५ मध्ये ९४ को रिर्पोट आएको र ११ जनाको रिर्पोट आउन बाँकी जाँच भैरहेको छ भनेर । त्यतिवेलासम्म कार्यालयमा मौखिम रुपमा २८ मध्ये प्यूठानका १७ जनाको रिर्पोट नेगेटिभ आयो । ११ जनाको रिपोर्ट आएको छैन भन्नेसम्म थाहा भयो । त्यसमा पनि ११ जना को हुन भन्ने कौतुहलता रहिरह्यो ।

त्यसपछि कार्यालयको ईमेलमा रिपोर्ट आयो जम्मा ८ जनाको मात्र । यसबीचमा जिल्लाका ११ जनाको रिर्पोट नेगेटिभ भनेर सूचना फेसबुक र फोनका माध्यमबाट जिल्लाभर फैलिसकेको थियो । तर कार्यालयमा फोन गरेर सोध्ने सवैलाई सुवेदीले होइन हामीलाई आधिकारीक जानकारी आएको छैन भनेर भनिरहनुपरेको थियो । क्वारेन्टाइनमा बसेका व्यक्तिसम्म अनाधिकृत रुपमा नेगेटिभ रिपोर्ट आएको खवर पुगिसकेको थियो ।

प्रहरी प्रशासनबाट समेत आधिकारिक जानकारी सोधिरहेका थिए । तर कार्यालयमा आधिकारिक जानकारी आईपुगेको थिएन । तर फेसवुकमा आफूखुशी स्रोत प्रयोग गर्दै सूचना प्रवाह भइरहेको थियो । करिव १ घण्टापछि सवै परिक्षण गरिएका व्यक्तिको रिर्पोट आयो । त्यसलाई एक÷एक गरेर रुजु गरियो । अनि स्पष्ट भयो कि जसको आरडीटी पोजेटिभ आएको थियो उनीहरुकै परीक्षण रिपोर्ट आएको थिएन । अनि हामी त्यहाँ रहेका व्यक्तिले समाचार, सूचना प्रवाह गर्न थाल्यौं । त्यतिन्जेलसम्म गलत सूचनाले फेसबुक भरिएका थिए । त्यसैले गर्दा हामीले पोष्ट गरेका सूचना आधिकारीक हो कि होइन भनेर समेत प्रश्न गर्न थालियो ।

सूचना प्रवाहका लागि पछिल्लो समय फेसबुक सजिलो माध्यम भएका छन् । सूचना प्रविधिको विकासले विभिन्न स्रोतसँगको पहुँच समेत बढाएको छ । तर अहिलेको संक्रमणको अवस्थामा आधिकारीक सूचना प्रवाह गर्नु आवश्यक छ । सूचना थाहा पाउँदा स्रोतको खोजी गर्नु जरुरी छ । सूचना कत्तिको आधिकारीक छ भनेर क्रस चेक गर्नुपर्छ ।

यसबीचमा करिव १ घण्टाको सूचनाको सकसमा स्थानीय तह, प्रहरी प्रशासन र स्वास्थ्य कार्यालय बीचको समन्वयलाई थप प्रभावकारी बनाउन जरुरी देखिएको छ ।

के गर्ने ?
कोरोना भाईरसको परीक्षण दर बढेसँगै यसका संक्रमितहरुको संख्या समेत बढ्दै गएको छ । यद्यपी परीक्षणको दर भने दु्रत गतिमा बढाउनु पर्ने आवश्यकता छ । लक डाउनका कारण मानिसहरु घरमै छन् । छिन छिनको सूचनाको अपडेट लिन चाहिरहेका छन् ।
त्यसैले,

  •  सूचना प्रवाह गर्ने शैलीलाई एकद्धार, नियमित र तत्काल बनाउन,
  • आधिकारिक निकायबाटै सूचना जारी गर्ने,
  • जिम्मेवार व्यक्ति र निकायहरुले जिम्मेवार ढङ्गले सूचना लिने, प्रशोधन गर्ने र जानकारी गराउने,
  • सूचना लिनेले त्यसको आधिकारिकता पुष्टि गर्ने,
    गर्नुपर्दछ ।

होइन भने यसले आगामी दिनमा सम्भावित जोखिम निम्त्याउन सक्छ । कार्यालयबाट निस्कदै गर्दा मैले पनि महशुस गरे कि हतारमा प्रवाह गर्ने सूचनाले कसरी समाजमा गलत सन्देश जान सक्छ । विहिवारको घटना गतिलो उदाहरण बनेकोछ ।

आसा गरौं, आरडिटी पोजेटिभ आएकाहरुको पिसिआर नेगेटिभ होस् ।

मिति ः २०७७/०२/०१

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close