- लभ अधिकारी
माछा पानीमा रहुन्जेल
माछा र पानीको सम्बन्ध पो गज्जब !
जब सुक्छ पानी
माछाकै अस्थित्व संकट !
बिश्वास रहुन्जेल प्रेम
तब बिश्वास र प्रेम को सम्बन्ध पो गज्जब
जब बिश्वास रहदैन
प्रेमकै अस्थित्व संकट !
दिन र रात रहुन्जेल
दिन र रातको सम्बन्ध पो गज्जब
जब रात हराउछ
दिनको अस्थित्व नै संकट !
सुख र दु:ख रहुन्जेल
सुख र दु:खको सम्बन्ध पो गज्जब
जब सुख हराउछ
तब दु:खकै अस्थित्व नै संकट !!!





