> साहित्य सृजना > मुक्तक !


मुक्तक !

खेम बि मगर 

प्यूठान जुम्रिकाँढा
तिमी घाम अनि म पानी बनि जुनी काटौला
एका देशको राजा रानी बनि जुनी काटौला
भन्छन् सुःख दुःखको समिश्रण हो जिन्दगी
एक ठेकी अर्का मदानी बनि जुनी काटौला
                        ।। १।।
सकेन जिन्दगी जिन्दगी हुन, निर्माण गर
ति सफलताको शिखर छुन, निर्माण गर
बिगतलाई भुलि नयाँ आशाको बीज रोपि
तिमी आउ मेरो जिन्दगी पुनः निर्माण गर
                      ।।२।।
साँच्चिकै हामी दुई यसपाली भयौँ भने
कसरी? बसौंला मन सम्हाली भयौँ भने
त्यस पछि जिन्दगीले कस्तो मोड ले ला
तिमी मेची अनि म महाकाली भयौँ भने
                    ।।३।।