- पि.आर. मगर
प्रिय यो साझ तिमि जस्तै
मौन छ..!
चारैतिर तिम्रो परिबन्दमा सुनसान
म बेसरी तिमिलाई सम्झिरहेको छु।
तिमि नहुनु म नभए जस्तो यो साझ
तिम्रो अन उपस्थितिमा
आफुलाई एक्लो महसुस भैरहेको छ।
यो पानीको विम्ब जस्तै तिम्रा यादमा
म आफुलाई खोज्नु सायद, पागलपन हो
पानी झैं एकोहोरो बगिरहने
दिल बहलाउने घनिभूत
तिम्रा यादहरु मा बगिरहने म
-सायद पागल नैं हुँ
प्रिय आउ यो पागलपन थामी देऊ
यो साझ सँग
म तिमीलाई साझेदारी गर्दै छु।
यो झरि जस्तै तिम्रा यादहरु
पछ्याउँदा पछ्याउँदै धेरै पर पुगिसके
अब धेरै पछ्याउँन सक्दिनँ थाँकि सके म ।
पि.आर. मगर प्युठान नगरपालिकामा ५ जुम्रिकाढा प्यूठान (हाल चेन्नइ)
