> राष्ट्रिय > सप्ताहन्त : प्यूठान अस्पतालको भवन निर्माण अन्यौलदेखि स्थानीय तहमा इन्धन मोहसम्म


सप्ताहन्त : प्यूठान अस्पतालको भवन निर्माण अन्यौलदेखि स्थानीय तहमा इन्धन मोहसम्म

प्यूठान । प्यूठान समाचार डट कममा यस साता प्रकाशित मुख्य समाचारहरु हेर्न छुटाउनुभयो की ? यस्ता छन् यस साताका मुख्य–मुख्य खबरहरु :

(१) निर्माण व्यवसायीको लापरबाहीले प्यूठान अस्पतालको भवन निर्माण अन्यौलमा
जिल्ला अस्पतालको नयाँ सुविधा सम्पन्न भवन निर्माण सुस्त गतिमा छ । निर्माण व्यवसायीले ८ अहिलदेखि काम रोक्दा निर्माण कार्य समयमै सम्पन्न हुनेमा अन्यौल बढेको छ ।

 

(२) प्यूठान नगरपालिकाको नामको मात्र फोहोर प्रशोधन, छरपस्ट फोहोर र दुर्गन्ध बस्तीसम्मै

प्यूठान नगरपालिकाले बजार क्षेत्रबाट संकलन गर्ने फोहोर ब्यबस्थापनका लागि प्रशोधन केन्द्र संचालन गरे पनि यो नाममा मात्र सिमित भएकोछ । फोहोरको बैज्ञानिक ब्यबस्थापन नहुँदा बस्तीसम्मै दुर्गन्ध फैलने र फोहोर छरपस्ट हुने गरेको छ ।

 

(३) स्वर्गद्वारी पर्यटन पोखरी : करोड खर्च गरेर योजना अलपत्र

करिव एक करोड रुपैंया खर्च भएको योजना अलपत्र परेको छ । स्वर्गद्वारी नगरपालिका–४ भिंगृकोट धर्मशालामा निर्माणाधीन पर्यटन पोखरी अलपत्र परेको हो ।

 

(४) प्यूठानकै सर्वाधिक उचाई र लम्बाईको पुलले अर्खा–रजवारा जोड्दै

गौमुखी गाउँपालिकाका वडा नं. १ अर्खा लामिडाँडा र वडा नं. ३ रजवारा देउराली जोड्ने गरी झिमरुक नदि माथी झोलुङ्गे पुल निर्माण कार्य धमाधम भैरहेको छ । ३७२ मिटर लामो यो पुल १८० मिटर अग्लो रहेको छ । पुल निर्माण भएपछि स्थानीयलाई आवतजावत गर्न १ घण्टा ३० मिनेट कम समय लाग्ने गौमुखी गाउँपालिकाका उपाध्यक्ष समेत रहनुभएका स्थानीय महावीर रानाले बताउनुभयो ।

 

(५) अव्यवस्थित खोटो संकलनले मासिँदै प्यूठानको वन क्षेत्र

अव्यवस्थित रुपमा खोटो संकलन कार्यले प्यूठानको वन क्षेत्र मासिँन थालेको छ । सामुदायिक वनहरुबाट खोटो संकलनको अनुमति लिएका कम्पनीहरुले अव्यवस्थित खोटो संकलन गर्दा सल्लाका रुखहरु सुक्ने समस्या देखिन थालेको हो ।

 

(६) प्यूठानका स्थानीय तहको मनलाग्दी आर्थिक सहायता र विविध खर्च

स्पष्ट मापदण्ड, कार्यविधि तर्जुमा र बजेट विनियोजन नगरी विभिन्न संघसस्था र व्यक्तिहरुलाई पालिकाहरुले आर्थिक सहायता वितरण गर्ने गरेको पाईएको छ । कार्यविधि नहुँदा पालिकाका प्रमुख वा प्रमुख प्रशासकीय अधिकृतको तजविजका आधारमा तोक आदेशमा आर्थिक सहायता तथा विविध खर्चका भुक्तानीहरु हुने गरेको पाईएकोछ ।

 

(७) प्यूठानका स्थानीय तहमा इन्धन खर्च प्रतिको मोह

इन्धन खर्च शिर्षकबाट इन्धन सुबिधा लिने, कन्टेन्जेन्सी खर्चबाट समेत इन्धन खर्च भुक्तानी गर्ने, गाडी र इन्धन सुबिधासँगै यातायात सुबिधा भन्दै रकम भुक्तानी पनि लिने, गाडी र इन्धन सुबिधासँगै थप गाडी भाडामा लिएर संचालन गर्ने पाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *