> समाज > प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखबीच कार्यसम्पादन सम्झौता


प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखबीच कार्यसम्पादन सम्झौता

प्यूठान, ३२ साउन । ५ नं. प्रदेश प्रहरी कार्यालय, दाङका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक रबिन्द्र बहादुर धानुकले आफ्नो मातहतका कार्यालय प्रमुखसँग कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

प्रहरी तालिम केन्द्र बुटवल, दंगा नियन्त्रण प्रहरी गण सुनवल, सशस्त्र प्रहरी गण खजुरा बाँके, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय तथा नेपाल प्रहरी स्कूल घोराही दाङका प्रमुखहरुसंग आइतबार सम्झौता गर्नुभएको हो ।

कार्यक्रममा प्रहरी नायब महानिरीक्षक धानुकले कार्य सम्पादन सम्झौता अनुरुप उल्लेखित लक्ष्य पुरा गर्न प्रभावकारी कार्यान्वयनका लागि स्पष्ट कार्य योजनाका साथ आफू र मातहत प्रहरी इकाई तथा कर्मचारीहरुलाई पूर्ण लगनशील र प्रतिवद्धताका साथ परिचालन गर्न  निर्देशन दिनु भएको छ ।

५ नं. प्रदेशको नागरिकको शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, अपराध नियन्त्रणका साथै अपराध अनुसन्धान तथा सवारी दुर्घटना न्यूनिकरणको लागि प्रविधियुक्त अनुसन्धान प्रणालीको विकास, आर्थिक अनुशासन र पारदर्शिता, मानव अधिकार संरक्षण र सामुदायीक केन्द्रीत प्रहरी कार्यहरुलाई मुख्य प्राथमिकता दिने कार्य गर्न निर्देशन दिनुभयो ।

वर्षायामको समय रहेकोले प्राकृतिक रुपमा आईपर्ने विपद्को व्यवस्थापनको लागि उद्दार सामग्री सहित जनशक्तिलाई तयारी हालतमा राख्न समेत निर्देशन दिनुभयो । उहाँले कोभिड-१९ महामारीको समय रहेकोले सदैव अग्रपंक्तिमा रहने नेपाल प्रहरीले कर्तव्य पालनाको सिलसिलामा आवश्यक सावधानी र सुरक्षा अपनाउनको लागि मातहतका प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *