प्यूठान । गएरातीदेखिको अविरल वर्षामा रुझ्दै विद्यालय पुगेका विद्यार्थी घर फर्किएका छन् । विद्यालय कर्मचारी परिषद्को आन्दोलनका कारण विद्यालय बन्द हुँदा विद्यालय पुगेका विद्यार्थी घर फर्किनु परेको हो ।
कर्मचारी परिषद्ले देशव्यापी रुपमा भदौ १२ देखि १८ गतेसम्म सामुदायिक विद्यालय बन्द गर्ने आन्दालेनको कार्यक्रम छ । जिल्लाका कतिपय विद्यालयले भने वार्षिक विदाबाट मिलान गर्ने गरि विदा दिएका छन् ।