> राजनीति > नेकपा एमाले प्यूठानको अधिवेशन तयारी चल्दै, प्रमुख अतिथी प्रदिप ज्ञवाली


नेकपा एमाले प्यूठानको अधिवेशन तयारी चल्दै, प्रमुख अतिथी प्रदिप ज्ञवाली

प्यूठान । नेकपा एमाले प्यूठानको नवौं जिल्ला अधिवेशनलाई जिल्लाव्यापी बनाउने तयारीमा जुटेको नेकपा एमाले प्रचार विभाग प्रमुख नेगनसिंह कुवरले बताउनुभएको छ ।

 

यहि पुस २३ गते हुन लागेको जिल्ला अधिवेशन प्यूठान भ्यालिमा मात्र सिमित नराखी जिल्लाव्यापी रुपमा सवै प्यूठानीले थाहा पाउने गरि गर्न लागेको प्रचार विभाग प्रमुख कुवरले जानकारी दिनुभयो ।

 

पार्टी कार्यालयमा उद्घाटन, कवर्डहलमा बन्दशत्र
नेकपा एमालेको उद्घाटन शत्रको कार्यक्रम पार्टी कार्यालय प्रांगणमा हुने तय भएको छ । विजुवार खेलमैदान नजिकै रहेको उमेश स्मृति प्रतिष्ठान भवनको प्रांगणमा उद्घाटन शत्र गर्ने गरि तयारी थालिएको नेकपा एमाले प्यूठानले जनाएको छ ।

 

उद्घाटन शत्र सकिएपछि हुने बन्द शत्र भने पुण्यखोला स्थित कवर्ड हलमा हुनेछ । जहाँ जिल्लाभरबाट प्रतिनिधित्व गर्ने झण्डै ६ सय प्रतिनिधिले सहभागिता जनाउनेछन् । जिल्लाका सवै वडा, पालिका, विभिन्न भातृ संगठनबाट जिल्ला अधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।

 

प्रमुख अतिथी ज्ञवाली
नेकपा एमाले जिल्ला कमिटी प्यूठानको नवौं अधिवेशनको उद्घाटन नेकपा एमालेका उप महासचिव प्रदिप ज्ञवालीले गर्नुहुने तय भएको छ ।

 

त्यसका साथै स्थायी कमिटी सदस्य मणीचन्द्र थापा, पोलिटव्यूरो सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज सूर्य थापा, केन्द्रीय सदस्य तथा प्यूठान जिल्ला सह इन्चार्ज हरि प्रसाद रिजाल लगायत नेताको उपस्थिती रहने एमाले प्यूठानले जनाएको छ ।

 

कार्यक्रमलाई भव्य र सभ्य बनाउन विभिन्न उपसमितिले काम गरिरहेको एमाले प्यूठानका प्रचार विभाग प्रमुख नेगनसिंह कुवरले जानकारी दिनुभयो ।