> राष्ट्रिय > पुलबाट हामफाल्दा एक जनाको मृत्यु


पुलबाट हामफाल्दा एक जनाको मृत्यु

प्यूठान, ३१ साउन । प्यूठानमा पुलवाट झिमरुक नदिमा हाम फाल्दा एक जनाको मृत्यु भएको छ ।

शनिवार दिउँसो पौने एक बजे प्यूठान नगरपालिका ८ बाग्दुलामा रहेको पक्की पुलवाट हाम फाल्दा प्यूठान नगरपालिका १० बडरा निवासी ५० वर्षिय धनिराम कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यठानले जनाएको छ । नीजको शव प्यूठान नगरपालिका ४ स्थित राना बगरमा फेला परेको हो । मृतक मानसिक सन्तुलन ठिक नभएको र औषधी सेवन गर्दै आएकोले पुलबाट हाम फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।

शवलाई पोष्ट मार्टमको लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *